नेपाली शेयर न्यूज । चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म विकास बैंकहरूले १ अर्ब ९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार यो नाफा गत आवको सोही अवधिको तुलनामा ३४.७५ प्रतिशतले कम हो। गत वर्ष कात्तिक मसान्तसम्म विकास बैंकहरूको नाफा १ अर्ब ६७ करोड ६० लाख रुपैयाँ थियो।
राष्ट्र बैंकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको प्रत्यक्ष प्रभाव विकास बैंकहरूको नाफामा परेको जनाएको छ। आन्दोलनका कारण सम्पत्ति क्षति र त्यसपछिको ऋण असुलीमा कमी आएपछि विकास बैंकहरूको ब्याज आम्दानी घटेको र नाफा संकुचन भएको बताइएको छ।
नाफामा ८ बैंक, घाटामा ७ बैंक
चार महिनासम्म ८ विकास बैंक नाफामा देखिएका छन् भने ७ बैंक घाटामा परेका छन्। नाफामा रहेका ८ बैंकमध्ये ५ बैंकको नाफा गत वर्षको तुलनामा बढेको छ भने ३ बैंकको नाफा घटेको छ।
सबैभन्दा धेरै नाफा कमाउने गरिमा विकास बैंक
सबैभन्दा बढी नाफा कमाउने बैंक गरिमा विकास बैंक रहेको छ। बैंकले ३९ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा ७.९५ प्रतिशतले वृद्धि हो।
अन्य नाफा कमाउने बैंकहरू:
मुक्तिनाथ विकास बैंक: ३८ करोड ४२ लाख
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक: ३० करोड २५ लाख
कामना सेवा विकास बैंक: २७ करोड ७७ लाख
साङ्ग्रिला डेभलपमेन्ट बैंक: १४ करोड ८५ लाख
ज्योति विकास बैंक: १३ करोड ९६ लाख
महालक्ष्मी विकास बैंक: ८ करोड ४४ लाख
मितेरी डेभलपमेन्ट बैंक: ३ करोड ५० लाख
सात बैंक घाटामा
सो अवधिसम्म ७ विकास बैंक घाटामा परेका छन्। सबैभन्दा धेरै घाटा ब्यहोर्ने बैंक लुम्बिनी विकास बैंक हो, जसले ३६ करोड ४६ लाख रुपैयाँ घाटा देखाएको छ।
अन्य घाटामा रहेका बैंकहरू:
एक्सेल डेभलपमेन्ट बैंक: १८ करोड ६९ लाख
सिन्धु विकास बैंक: ४ करोड ४७ लाख
नारायणी डेभलपमेन्ट बैंक: २ करोड ९२ लाख
ग्रीन डेभलपमेन्ट बैंक: २ करोड १८ लाख
कर्पोरेट डेभलपमेन्ट बैंक: २ करोड १२ लाख
सप्तकोशी डेभलपमेन्ट बैंक: ७ लाख घाटा




























