Sub Index

Manufacturing and Processing

घोराही सिमेन्टले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

November 30th 2025

0

0 shares

घोराही सिमेन्टले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले मंसिर १२ गते बसेको सञ्चालक समितिको बैठकमार्फत लाभांश घोषणा गर्दै पाँचौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीका अनुसार साधारणसभा आगामी पुस १४ गते दाङको घोराहीस्थित होटल पौवामा बिहान ९ बजेबाट शुरू हुनेछ।

बैठकले हाल कायम चुक्ता पूँजीबाट १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। साधारणसभाले सो प्रस्ताव पारित गर्नेछ। कम्पनी हाल १ बराबर ०.७५ को अनुपातमा हकप्रद शेयर निष्कासन प्रक्रियामा रहेकोले बोनस शेयर वितरणपछि कायम हुने पूँजीका आधारमा सोही अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ। साथै कम्पनीले लिएको ऋण अनुमोदन, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि एजेन्डामा छ।

यससँगै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा रहनेछ। संस्थापक शेयरधनी समूहबाट सञ्चालकको निर्वाचन गर्ने, संस्थापकबाट सापटी मागी सोको उपभोग गर्ने तथा सञ्चालक सम्बद्ध संस्थासँग गरिएको कारोबार अनुमोदन गर्ने प्रस्ताव पनि एजेन्डामा समावेश छन्। साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस आधारमा मंसिर २५ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरू मात्रै साधारणसभामा सहभागी हुन, लाभांश पाउन र मतदान गर्न योग्य हुनेछन्।

घोराही सिमेन्टले लाभांश घोषणा गर्दै बोलायो साधारणसभा

Leave a Comment

Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech