विचार/अन्तरवार्ता

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

December 1st 2025

0

0 shares

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अहिले नेपालको अर्थतन्त्रले भोगिरहेको मुख्य चुनौती तरलता व्यवस्थापन रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा आयोजित कार्यक्रममा गभर्नर पौडेलले बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता र न्यून ब्याजदरको उपलब्धता भए पनि ठूला पूर्वाधारमा लगानी विस्तार हुन नसक्नु चिन्ताको विषय भएको बताए।


उनले मौद्रिक नीतिमा रहेका प्रावधानको प्रभावकारी कार्यान्वयन नहुँदा अपेक्षित नतिजा नआएको उल्लेख गर्दै, बैंक तथा वित्तीय संस्थाको लगानी केही निश्चित क्षेत्रमा केन्द्रित भएको पनि बताए। गभर्नर पौडेलले स्थानीय आवश्यकताअनुसार कर्जा विस्तार गर्नुपर्नेमा जोड दिँदै विशेषगरी कृषि, पर्यटन, ऊर्जा र उत्पादनमूलक क्षेत्रलाई प्राथमिकतामा राखेर कर्जा प्रवाह बढाउनुपर्ने बताए।


उनले भने,“कर्जा विस्तार गर्दा जोखिम व्यवस्थापनसँगै स्थानीय आर्थिक प्राथमिकता हेरिनुपर्छ। उत्पादनमुखी क्षेत्रलाई प्राथमिकतामा राख्न आवश्यक छ।” गभर्नर पौडेलले बैंकहरूले आफ्नो नाफा वृद्धि केवल कर्जाको दरमा निर्भर नगरिकन व्यवसाय विस्तार, सेवा प्रवाहको सहजता र प्रविधिको प्रभावकारी प्रयोगमा ध्यान दिनुपर्ने सुझाव पनि दिए।


उनले थपे,“मौद्रिक नीतिका उद्देश्य पूरा गर्न बैंकहरू स्वयं सक्रिय हुनुपर्छ। वित्त र मौद्रिक नीति अझ लचकपूर्ण हुँदै जानेछ, त्यसको लाभ लिन बैंक तथा वित्तीय संस्थाहरू तयार हुनुपर्छ।” अर्थतन्त्र सुधारका लागि सबै क्षेत्र समान रूपमा जिम्मेवार रहेको स्मरण गराउँदै गभर्नर पौडेलले सरकारको पूँजीगत खर्च बढाउनु आवश्यक रहेको बताए। “अर्थतन्त्रका विभिन्न गतिविधि बढ्दैछन्। यसलाई थप गतिशील बनाउन सबै क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्छ,” उनले बताए।

तरलता व्यवस्थापन अर्थतन्त्रको मुख्य चुनौतीः गभर्नर पौडेल

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech