बैंकिङ

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

December 14th 2025

0

0 shares

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

नेपाली शेयर न्यूज । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कृषिमा बैंकिङ प्रणालीमार्फत गरिएको लगानीअनुसार अपेक्षित उपलब्धि हासिल नभएको बताएका छन्। नेपाल कृषि अर्थशास्त्र समाजको १९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले ठूलो मात्रामा कृषि क्षेत्रमा ऋण लगानी भए पनि त्यसको प्रभावकारी नतिजा देखिन नसकेको बताए। उनका अनुसार हालसम्म ३१ हजार ४२ जना किसानले सहुलियतपूर्ण कर्जा पाइसकेका छन् र बैंकिङ क्षेत्रबाट करिब ६ खर्ब ८८ अर्ब रुपैयाँ कृषि क्षेत्रमा लगानी गरिएको छ।


गभर्नर पौडेलले लगानीकर्ता र बैंकबीच समन्वयको अभाव, कृषि अनुसन्धान र व्यवहारिक खेतीबीचको ‘कम्युनिकेशन ग्याप’, अनुसन्धान अपेक्षाअनुसार नहुनु र दीर्घकालीन कृषि विकासतर्फ पर्याप्त ध्यान नदिनु जस्ता कारणहरूलाई प्रमुख समस्या बताए।


उनले बैंकहरूले कृषिमा ऋण प्रवाह (क्रेडिट फ्लो) सृजना गरेको भए पनि यसको प्रभावकारिता कमजोर रहेको, किसानप्रति आकर्षण घट्दै गएको, ३५ वटा जिल्लामा जनसंख्या घटेको र उत्पादन क्षेत्रफल संकुचित हुँदै गएको अवस्थाले कृषि क्षेत्र कमजोर बनेको उल्लेख गरे।


गभर्नर पौडेलले कृषिमा ऋण पहुँच सहज बनाउन १० लाख रुपैयाँसम्मको ऋणमा धितो नचाहिने व्यवस्था रहेको जानकारी दिए। त्यस्तै, नेपाल कृषि अनुसन्धान परिषद्बाट सिफारिस भएका परियोजनामा पनि धितो आवश्यक नहुने व्यवस्था गरिएको उनले बताए।


उनी अनुसार हाल १ करोड रुपैयाँसम्मको कृषि ऋण योजना लागू छ र दुग्ध, सुन्तला, कफी लगायत व्यावसायिक कृषि परियोजनामा ५ करोड रुपैयाँसम्म ऋण उपलब्ध गराइँदै आएको छ। तर कृषिमा पर्याप्त ऋण प्रवाह भए पनि सोअनुसार उपलब्धि नदेखिनु चुनौती बनेको उनले दोहोर्‍याए।


कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech