नेपाली शेयर न्यूज । एनआईसी एशिया बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन् । नेपाल राष्ट्र बैंकको कारबाहीपछि उनले राजीनामा दिएको बैंक स्रोतले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपाने र अध्यक्ष अग्रवाललाई जनही २ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । सो निर्णयसम्बन्धी पत्र बैंकका प्रतिनिधिले पुस ४ गते राष्ट्र बैंकबाट प्राप्त गरेका थिए ।
पत्र प्राप्त भएपछि अध्यक्ष अग्रवालले राजीनामा बुझाएका हुन् । उनको राजीनामा आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले स्वीकृत गरेको छ । यसअघि तत्कालीन सीईओ रोशन न्यौपाने बैंकबाट बाहिरिसकेका छन् । बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिसकेको छ ।


























