नेपाली शेयर न्यूज । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ। सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लेखापरीक्षकमा श्री एसएआर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको छ।
फाइनान्सका अनुसार संस्थाको चुक्ता पुँजी १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ रहेको छ। हालसम्म आइसिएफसि फाइनान्सले देशभर २१ वटा शाखा कार्यालयमार्फत १ लाखभन्दा बढी ग्राहकलाई आधुनिक प्रविधिमा आधारित बैंकिङ सेवा प्रदान गर्दै आएको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म संस्थाले २१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १७ अर्ब ७३ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको जनाएको छ। संस्थाले आगामी दिनमा सेवाको विस्तार र डिजिटल बैंकिङ प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै वित्तीय पहुँच अभिवृद्धि गर्ने लक्ष्य लिएको छ।


























