Insurance

Sub Index

तीन इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, कुनले कति ?

December 21st 2025

0

0 shares

तीन इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, कुनले कति ?

नेपाली शेयर न्यूज । तीन वटा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई दिने लाभांश घोषणा गरेका छन्। सूर्यज्योति लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीले नगद लाभांश प्रस्ताव गरेका हुन्।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको छ। यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पनि नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ।

नेपाल इन्स्योरेन्स कम्पनी

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २९ गते मंगलबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे ७७औं वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू पारित गर्नेछ। चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस १३ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्र साधारणसभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

तीन इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, कुनले कति ?

Leave a Comment

Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech