Investment
Sub Index
पाँच महिनामा ३८ अर्ब ५९ करोड बढी वैदेशिक लगानी प्रतिबद्धता
December 18th 2025
0
1 shares

नेपाली शेयर न्यूज । चालू आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्म कुल ४३८ वटा वैदेशिक लगानी प्रतिबद्धता आएका हुन्।
विभागका अनुसार स्वचालित प्रणालीमार्फत १५२ वटा र विभागमै उपस्थित भएर २८६ वटा लगानी प्रतिबद्धता दर्ता भएका छन्। स्वचालित प्रणालीबाट २ अर्ब ५९ करोड ४ लाख ८६ हजार रुपैयाँ र विभागमार्फत स्वीकृत भई ३६ अर्ब ६१ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको जनाइएको छ।
लगानी प्रतिबद्धताअनुसार पूँजी भित्रिएमा करिब ३३ हजार ८ सय १४ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। मंसिर महिनामा मात्रै ५६ वटा परियोजनाबाट १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार ५ सय ५२ रुपैयाँको एफडीआई प्रतिबद्धता आएको विभागले जनाएको छ।
यो अवधिमा साना, मझौला र ठूला उद्योग सञ्चालनका लागि विदेशी लगानी प्रतिबद्धता आएको हो। जसमध्ये सबैभन्दा धेरै ४२३ वटा साना उद्योग, ८ वटा मझौला उद्योग र ७ वटा ठूला उद्योगका लागि स्वीकृति प्रदान गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी २३६ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ। त्यसपछि पर्यटन क्षेत्रमा १८५ वटा, सेवा क्षेत्रमा २८ वटा, उत्पादनमा २४ वटा, कृषिमा १३ वटा, खनिजमा १ वटा र ऊर्जामा १ वटा उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।
अघिल्लो आर्थिक वर्षझैं यस वर्ष पनि साउनदेखि मंसिरसम्म वैदेशिक लगानी प्रतिबद्धताको प्रवृत्ति ओरालो लागेको देखिएको छ। सोही अवधिमा व्यावसायिक भिसा लिने विदेशी लगानीकर्ताको संख्या पनि घटेको छ। गत वर्षको यही अवधिमा १ हजार ७ सय ८२ जनाले व्यावसायिक भिसा लिएकामा यस वर्ष १ हजार ३२ जनाले मात्रै भिसा लिएका छन्। लगानीकर्ताका प्रतिनिधि र डिपेन्डेन्टको संख्या पनि घटेको विभागले जनाएको छ।
त्यसैगरी, गत आर्थिक वर्षमा ९ वटा प्रविधि हस्तान्तरण सम्झौता भएकोमा चालू वर्षको पाँच महिनामा ४ वटा मात्रै सम्झौता भएको छ। विभागका अनुसार यस अवधिमा विदेशी लगानीकर्ताले करिब ५ अर्ब रुपैयाँ बराबरको लाभांश विदेश लगेका छन्।
Leave a Reply
Related News

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

सोलु हाइड्रोपावरले मंसिर ७ देखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










