Investment

Sub Index

६१ मेगावाटको नार खोला जलविद्युत आयोजनाका लागि जुट्यो ९ अर्ब लगानी

December 1st 2025

0

0 shares

६१ मेगावाटको नार खोला जलविद्युत आयोजनाका लागि जुट्यो ९ अर्ब लगानी

काठमाडौं । सिंगटी हाइड्रो लिमिटेडको मुख्य लगानीमा निर्माण हुन लागेको ६१ मोगावाटको नार खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। आयोजना निर्माणका लागि सोमबार कुमारी बैंकको अगुवाइमा ५ वटा बैंकले साढे ९ अर्ब रूपैयाँ ऋण लगानी गर्ने सम्झौता गरेका छन्।

सोमबार आयोजित एक कार्यक्रममा नार खोला हाइड्रो इनर्जी प्रालीका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले संयुक्त रूपमा लगानी सम्झौतामा हस्ताक्षर गरेका छन्।

मनाङ्स्थित नार्पा भूमी र नासोङ गाउँपालिकामा रहेको नार खोला र सोती खोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाट जडित क्षमताको नारखोला जलविद्युत आयोजना निर्माण गरिनेछ।

आयोजनाको प्रवर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रकृया पूरा भएको जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत खरिद सम्झौता (पिपिए) भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाईमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी सोमबार लगानी सम्झौतामा हस्ताक्षर भएको हो।

नारखोला जलविद्युत आयोजनाको ग्रस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट घण्टा विद्युत उत्पादन हुनेछ। आयोजनाले वार्षिक दुई अर्ब १० करोड रूपैयाँको विद्युत बिक्री गर्नेछ।

६१.११ मेगावाट विद्युत उत्पादनका लागि २०.३७ मेगावाट क्षमताका ३ वटा टर्बाइन प्रयोग हुनेछन्। आयोजनाको हेडरेस टनेल करिब ८ किलोमिटर लम्बाइको रहनेछ। आयोजनाको बाँधका संरचनाहरू नार्पा भूमि गाउँपालिकामा र विद्युतगृह नासो गाउँपालिकामा निर्माण हुनेछ। आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको मनाङको धारापानीमा निर्माणाधीन सवस्टेशनमा जोडिने छ।

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रूपैयाँ रहेकोमा बैंकको कर्जा ९ अर्ब ६३ करोड रूपैयाँ र स्वपुँजी ३ अर्ब २१ करोड रूपैयाँ लगानी हुनेछ। स्वपुँजीमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ। आयोजनाले पहुँचमार्ग निर्माणको काम सुरू गरिसकेको र ३ महिनाभित्र आयोजनाका मुख्य संरचना निर्माणको काम सुरू गरेर आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।

६१ मेगावाटको नार खोला जलविद्युत आयोजनाका लागि जुट्यो ९ अर्ब लगानी

Leave a Comment

Related News

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

नेपाल माइक्रो इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा वैशाख १० मा, यस्ता छन् मुख्य एजेण्डाहरू

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

कालिन्चोक हाइड्रोपावरको आईपीओ नतिजा सार्वजनिक

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech