Development Bank

Sub Index

नेपाल बैंकले लाभांश नदिने, तेस्रो वर्ष शेयरधनीको हात खाली

December 19th 2025

0

1 shares

नेपाल बैंकले लाभांश नदिने, तेस्रो वर्ष शेयरधनीको हात खाली

नेपाली शेयर न्यूज । नेपाल बैंकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ। बैंक सञ्चालक समितिको पुस ३ मा बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको हो। बैंकले पुस ४ मा नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै यसबारे औपचारिक जानकारी गराएको छ।


बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेस गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकबाट स्वीकृत भएपछि उक्त प्रतिवेदन आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ ।


बैंकले लाभांश वितरण नगरेको लगातार तेस्रो वर्ष हो। यसअघि बैंकले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा पनि सेयरधनीलाई कुनै लाभांश दिएको थिएन। बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेका कारण यस वर्ष पनि लाभांश घोषणा हुन नसकेको वित्तीय विवरणले देखाएका छन्।

नेपाल बैंकले लाभांश नदिने, तेस्रो वर्ष शेयरधनीको हात खाली

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech