शेयर शिक्षा

शेयर बजार

Daily Market Update

नेप्से झिनो अंकले ओरालो : यस्तो छ प्राविधिक विश्लेषण

December 2nd 2025

0

1 shares

नेप्से झिनो अंकले ओरालो : यस्तो छ प्राविधिक विश्लेषण

नेपाली शेयर न्यूज/ सोमबार ४.२८ अंकले घटेको शेयर बजारले मंगलबार पनि निरन्तरता दियो । मंगलबार नेपाली सेयर बजारमा खासै उतारचढाव देखिएन। नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० मा बन्द भएको छ । सामान्य गिरावट भएपनि बजारको समग्र संरचना सोमबारको जस्तै रहेको छ ।

टेक्निकल रूपमा बजारले वान–आवर मुभिङ एभरेज च्यानललाई ब्रेक गरिसकेको छ । उक्त एरियाले लगातार रेसिस्टेन्सको रूपमा काम गरिरहेको देखिन्छ । बजारले सो स्तरलाई तत्कालै पार गर्न नसकेकोले तलको ट्रेन्डलाइन एरियालाई रिटेस्ट गर्ने सम्भावना बढेको छ ।

आजको बजार ‘साइडवेज’ ट्रेन्डमै रह्यो र नजिकको रेसिस्टेन्स पार गर्न असफल भएको देखियो । आगामी दिनमा वान–आवर मुभिङ एभरेज च्यानलको लेभल पार गर्न सक्ने हो भनेमात्र बजारमा नयाँ गतिशीलता देखिनेछ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५३ अंकले घटेर २६४४.७० मा पुगेको छ कारोबारका क्रममा नेप्से एक समय २६५२ अंकसम्म पुगेको थियो। मंगलबार १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११९ कम्पनीको घट्यो र १३ कम्पनीको स्थिर रह्यो। अघिल्लो दिनको ४ अर्ब ७१ करोडको तुलनामा आज कारोबार रकम घट्दै ४ अर्ब ४८ करोडमा सीमित भयो।

क्षेत्रगत रूपमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा लगायतका सूचकमा सामान्य गिरावट आएको छ भने जलविद्युत्, उत्पादन तथा प्रशोधन, फाइनान्स र विकास बैंक समूहका सूचक बढेका छन्। बजार घटे पनि ६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुङ इनर्जी, बुङ्गल हाइड्रोपावर र श्रीनगर एग्रिटेकको सेयरमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।

त्यस्तै ग्रिन भेन्चर्सको सेयर ९.८५ प्रतिशतले घट्दै आज सबैभन्दा धेरै ओरालो लागेको हो। आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, माउन्टेन इनर्जी, ङादी ग्रुप, ग्रिन भेन्चर्स र युनाइटेड मोदी हाइड्रोपावर परेका छन्।

मौद्रिक नीति समीक्षाले पारेन प्रभाव

राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समीक्षा सोमबार सार्वजनिक गरे पनि यसले बजारमा खासै सकारात्मक प्रभाव पार्न सकेको छैन । जेन जी आन्दोलनपछि गठन भएको सरकारका अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजार सुधारका लागि समिति गठन गरेका थिए ।

सो समितिले दिएको सुझावअनुसार राष्ट्र बैंकले नीति ल्याएको भए पनि समीक्षामा कुनै ठुलो परिवर्तन भएको छैन । लगानीकर्ताले बैंकमार्फत शेयर खरिदमा लिने कर्जामा लागू कडाइ हटाउनुपर्ने र कोर क्यापिटलको ४० प्रतिशतसम्म मात्र मार्जिन कर्जा दिन पाउने व्यवस्था खारेज गर्नुपर्ने माग राखेका थिए । यी माग सम्बोधन नभएको कारण पनि बजार सुस्त देखिएको विश्लेषकहरू बताउँछन् ।

मंगलबार धेरै कारोबार गर्ने टप टेन ब्रोकरहरु

नेप्से झिनो अंकले ओरालो : यस्तो छ प्राविधिक विश्लेषण

Leave a Comment

Related News

शेयर बजारको कर सधैँका लागि 'फाइनल, सिल र डन': अर्थमन्त्री डा. वाग्ले

शेयर बजारको कर सधैँका लागि 'फाइनल, सिल र डन': अर्थमन्त्री डा. वाग्ले

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

आशा लघुवित्तको २ लाख ८४ हजारभन्दा बढी संस्थापक शेयर बिक्रीमा: कसले दिन पाउँछन् आवेदन?

नेप्सेमा सामान्य गिरावट: सुस्त भयो हिजोको उत्साह

नेप्सेमा सामान्य गिरावट: सुस्त भयो हिजोको उत्साह

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

नेप्से प्राविधिक विश्लेषण: Shooting Star ले अल्पकालीन Correction को संकेत, तर २६०० माथि रहँदासम्म Trend Bullish नै

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech