नेपाली शेयर न्यूज । सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र शान्तिसिंह थापाले संयुक्त आदेश जारी गर्दै नेपाल बीमा प्राधिकरणका विवादित अध्यक्ष शरद ओझालाई पुनर्बहाली गर्न सरकारका नाममा आदेश दिएका छन्।
आज बसेको संयुक्त इजलासमा भएको बहसपछि सुनुवाइ गर्दै न्यायाधीशद्वयले यसअघि भदौ २३ गते जारी भएको अल्पकालीन आदेश कार्यान्वयन गरी सोको जानकारी इजलाससमक्ष पेश गर्न सरकारलाई निर्देशन दिएका हुन्।
यसअघि सरकारले ओझालाई हाजिर नगराएको अवस्थामा अब सर्वोच्च अदालतले उनलाई हाजिर गराई इजलाससमक्ष जानकारी गराउन आदेश दिएको छ।




























