Investment
Sub Index
विचार/अन्तरवार्ता
‘विदेशी लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन्’
December 7th 2025
0
5 views
0 shares

नेपाली शेयर न्यूज/ लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले केही विदेशी लगानीकर्ताहरू ‘पर्ख र हेर’को अवस्थामा रहे पनि नेपालबाट हात झिक्ने संकेत नभएको बताएका छन्। नेपालमा लगानी गर्ने वातावरण क्रमशः सुधारिँदै गएको र लगानीकर्ताहरू उत्साहित रहेको उनले बताए।
आइतबार नाफिजको साधारण सभामा बोल्दै ज्ञवालीले १७ सय अर्ब रुपैयाँ बराबरका परियोजना पाइपलाइनमा रहेकाले लगानीको माहोल सकारात्मक दिशामा अघि बढेको बताए। “केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्, तर हालसम्म कसैले हात झिकौँ भनेका छैनन्,” उनले भने, “बरु लगानीकर्ताहरू नेपालमा वातावरण राम्रो हुँदै गएको महसुस गर्दै तीव्र गतिमा अघि बढ्न इच्छुक छन्।”
ज्ञवालीले ‘गेम चेन्जिङ’ परियोजनाहरू फाइनल हुन लागेको जानकारी दिँदै लगानी बोर्डमा विज्ञहरूलाई सदस्यको रूपमा समावेश गर्ने तयारी भइरहेको बताए। उनका अनुसार, बोर्ड सुधार प्रक्रियामा रहेकाले कानुनी तथा संस्थागत जटिलताहरूलाई सम्बोधन गर्दै सहज वातावरण बनाउने लक्ष्य लिएको छ।
उनले राजनीतिक घटनाक्रमपछि विदेशी लगानीकर्ताहरूले नेपालको परिस्थितिप्रति चासो बढाएको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क बनाउने खालका नीतिगत स्थायित्व जरुरी रहेको बताए। “उनीहरूले जुन सर्तमा लगानी गर्छन्, त्यसलाई पछि परिवर्तन नहुने गरी सम्झौता हुने व्यवस्था मिलाउन मिहिनेत भइरहेको छ,” उनले भने।
निजी क्षेत्र र सरकारबीच समन्वय बढाउन बोर्ड सक्रिय रहेको भन्दै उनले प्रोजेक्ट विभाजन स्पष्ट गर्न, कानुनी जटिलता हटाउन तथा प्रतिस्पर्धात्मक संरचना बाहिर गएर परियोजना नदिने नीतिमा बोर्ड अघि बढेको बताए।
ज्ञवालीका अनुसार, लगानी वातावरण सुधारका लागि अर्थमन्त्रीसहित सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ। “हामीसँग उठ्नै पर्छ, विकल्प छैन भन्ने निष्कर्षसम्म पुगेका छौँ,” उनले भने।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- विश्व लगानीकर्ता सप्ताह २०२५ को उद्घाटन, पुँजी बजार शिक्षा र सचेतनामा जोड
- सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिकलाई आईपीओ निष्कासनको अनुमति
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा














