Sub Index

विचार/अन्तरवार्ता

शेयर बजार

बजारको प्रवृत्ति र टेक्निकल विश्लेषण

November 20th 2025

0

0 shares

बजारको प्रवृत्ति र टेक्निकल विश्लेषण


काठमाडौं । शेयर बजारले करिब ३००० बिन्दुबाट निरन्तर घट्दै गरेको छ । बजारले लगातार लो हाइ र लोयर लो बनाइरहेको छ, जसलाई टेक्निकल विश्लेषणमा डाउन ट्रेण्डको संकेत मानिन्छ । हाल बजार करिब २५३० बिन्दु वरिपरि फर्किएको छ । यो फर्किएको बिन्दुलाई टेक्निकल रूपमा हाइगर लो मान्न, अघिल्लो उच्च स्तर करिब २६५० बिन्दुको ब्रेकआउट आवश्यक देखिन्छ ।


बुधबारको दिन स्पिनी टप क्यान्डल बनेको छ । यदि बजारले हाइ प्वाइन्ट २५८० लाई ब्रेकआउट गर्न सफल भयो भने पुरानो हाइ २६५० लाई भिजिट गर्ने सम्भावना बढ्नेछ । तर यदि लो प्वाइन्ट २५५० लाई ब्रेकडाउन ग¥यो भने बजार पुरानो जोनतिर फर्कने सम्भावना बढ्नेछ ।


केही प्रमुख इन्डिकेटरहरूमा हेरियो भने, बजार यो हप्ता तलतल नै कारोबार भएको देखिन्छ । बजारले २५८० को लेभललाई रेसिस्ट्यान्स बनाइरहेको छ । यो स्तरलाई मजबुत ब्रेकआउट गर्न सकेमा बजारको ट्रेन्ड अलि सकारात्मक बन्न सक्छ । एमएसिडि इन्डिकेटर जिरो लाइनभन्दा तल छ । यदि जिरो लेभल ब्रेकआउट भयो भने वाइ सिंगल जेनेरेट हुने सम्भावना छ ।


आरएसआई ४५ को स्तरमा छ, जुन नन ट्रेडिङ जोनको सूचक हो । यदि आरएसआई ६० भन्दा माथि पुग्छ भने वाइ सिंगल जेनेरेट हुने देखिन्छ । यसले लगानीकर्ताहरूले अहिले डिमाण्ड जोनमा प्रतीक्षा गर्दै छन्, वा सप्लाइ जोनको मजबूत ब्रेकआउटपछि राम्रो इन्ट्रि गर्ने योजना बनाइरहेका छन् । भोल्युमले पनि यस कुरालाई प्रमाणित गरेको छ ।


यदि बजारले २५८० को लेभललाई ब्रेकआउट गर्न सफल भयो भने २६५० बिन्दुको उच्च स्तरसम्म पुग्ने सम्भावना रहन्छ । यसले बजारलाई सकारात्मक ट्रेन्डतर्फ धकेल्न सक्छ । तर यदि २५५० को स्तरमा गिरावट भयो भने पुरानो जोनतिर फर्कने सम्भावना रहन्छ । टेक्निकल र फन्डामेन्टल दुवै दृष्टिले बजारले सुधारका संकेत देखाएको भएपनि स्थिरता प्राप्त गर्न अझ समय आवश्यक छ । लगानीकर्ताले वाइट एण्ड वाच रणनीति अपनाइरहेका छन् । यदि बजारले छोटो समयमै प्रमुख रेसिस्ट्यान्स ब्रेकआउट गर्न सफल भयो भने लगानीकर्ताका लागि अवसर खुल्नेछ । अन्यथा, अस्थिरता कायम रहनेछ र बजार अझै लो ट्रेण्डमा रहने सम्भावना छ ।


बजारको प्रवृत्ति र टेक्निकल विश्लेषण

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech