नेपाली सेयर न्यूज/ २०८२ असोज २६ गते नेप्से बन्द भएपछि लगानीकर्ताको एक समूह बेलुका धितोपत्र बोर्ड पुगे । लगानीकर्ताले बजारलाई इमर्जेन्सी एड्रेस गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरे । उनीहरूले भनेका छन्, ‘बजारको विश्वास गिर्न दिनु हुँदैन, र रेस्क्यु प्लान तयार हुनुपर्छ ।’
बजारको हालको गिरावट केवल आक्रोशको कारण होइन, यसमा गम्भीर र संरचनागत समस्या पनि लुकेका छन् । बैंकमा पर्याप्त लिक्विडिटी, न्यूनतम ब्याजदर, र राष्ट्र बैंकको नीति सुधार हुँदा पनि बजार लगातार बढ्न नसकेको छ । मुख्य कारण आइपीओको बाढी र प्रमोटर सेयरको अनलक हुने प्रवृत्ति रहेको छ ।
नेपालमा पछिल्लो समय धेरै कम्पनीले तीन वर्षपछि प्रमोटर सेयर अनलक गर्ने योजना बनाएर आइपीओ जारी गर्दै आएका छन् । यसले बजारमा ठूलो रकम खिच्ने र लगानीकर्ताको विश्वास घटाउने काम गरेको छ । केही कम्पनीको वित्तीय अवस्था कमजोर हुँदा पनि प्रिमियममा आइपीओ जारी हुने गरेको छ ।
यस समस्या समाधानका लागि केहि कदम चाल्न सकिन्छ । प्रमोटरले कम्पनी लाभदायक नबन्दा सेयर बेच्न नपाउने नियम लागू गर्नु, पेनी स्टक एक्सचेन्जको माध्यमबाट कमजोर कम्पनीलाई अलग लिस्टिङ गर्ने, बाइब्याक मेकानिजम लागू गर्ने, र इन्स्टिच्युसनल इन्भेस्टरलाई सक्रिय बनाउने जस्ता उपाय आवश्यक छन् ।
त्यसैगरी, एक्सेसिभ राइट सेयर जारी नगर्न, इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ सुविधा उपलब्ध गराउनाले पनि बजारमा लिक्विडिटी र स्थिरता बढाउन सक्ने देखिन्छ । नेपालको पुँजी बजार सुधारका लागि यी संरचनागत सुधार र नियामक कदम अनिवार्य छ ।
हेर्नुहोस् भिडियो

























