Nepse

विचार/अन्तरवार्ता

शेयर बजार

यी हुन् बजार घट्नुका मुख्य कारण(भिडियोसहित)

November 12th 2025

0

0 shares

banner


नेपाली सेयर न्यूज/ २०८२ असोज २६ गते नेप्से बन्द भएपछि लगानीकर्ताको एक समूह बेलुका धितोपत्र बोर्ड पुगे । लगानीकर्ताले बजारलाई इमर्जेन्सी एड्रेस गर्न आवश्यक कदम चाल्नुपर्ने माग गरे । उनीहरूले भनेका छन्, ‘बजारको विश्वास गिर्न दिनु हुँदैन, र रेस्क्यु प्लान तयार हुनुपर्छ ।’


बजारको हालको गिरावट केवल आक्रोशको कारण होइन, यसमा गम्भीर र संरचनागत समस्या पनि लुकेका छन् । बैंकमा पर्याप्त लिक्विडिटी, न्यूनतम ब्याजदर, र राष्ट्र बैंकको नीति सुधार हुँदा पनि बजार लगातार बढ्न नसकेको छ । मुख्य कारण आइपीओको बाढी र प्रमोटर सेयरको अनलक हुने प्रवृत्ति रहेको छ ।


नेपालमा पछिल्लो समय धेरै कम्पनीले तीन वर्षपछि प्रमोटर सेयर अनलक गर्ने योजना बनाएर आइपीओ जारी गर्दै आएका छन् । यसले बजारमा ठूलो रकम खिच्ने र लगानीकर्ताको विश्वास घटाउने काम गरेको छ । केही कम्पनीको वित्तीय अवस्था कमजोर हुँदा पनि प्रिमियममा आइपीओ जारी हुने गरेको छ ।


यस समस्या समाधानका लागि केहि कदम चाल्न सकिन्छ । प्रमोटरले कम्पनी लाभदायक नबन्दा सेयर बेच्न नपाउने नियम लागू गर्नु, पेनी स्टक एक्सचेन्जको माध्यमबाट कमजोर कम्पनीलाई अलग लिस्टिङ गर्ने, बाइब्याक मेकानिजम लागू गर्ने, र इन्स्टिच्युसनल इन्भेस्टरलाई सक्रिय बनाउने जस्ता उपाय आवश्यक छन् ।


त्यसैगरी, एक्सेसिभ राइट सेयर जारी नगर्न, इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ सुविधा उपलब्ध गराउनाले पनि बजारमा लिक्विडिटी र स्थिरता बढाउन सक्ने देखिन्छ । नेपालको पुँजी बजार सुधारका लागि यी संरचनागत सुधार र नियामक कदम अनिवार्य छ ।


हेर्नुहोस् भिडियो

Leave a Reply

Related News

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

पाल्पा सिमेन्टको आईपीओमा स्थानीयको असन्तुष्टि: आईपीओ सुरु हुनुअघि नै विवादको घेरामा

७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

नागरिक लगानी कोषको लाभांश घोषणा

नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech