विचार/अन्तरवार्ता
‘उच्च तरलता तर घट्दो ब्याजदरले बैंकिङ व्यवस्थापन चुनौतीपूर्ण’
December 7th 2025
0
3 views
0 shares

नेपाली शेयर न्यूज । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रविना आर्थिक गतिविधि सुदृढ हुन नसक्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १६औँ वार्षिक साधारणसभामा बोल्दै उनले निजी क्षेत्र अर्थतन्त्रको ‘मूहान’ भएको बताउँदै यसको सुदृढताबिनाको विकास असम्भव रहेको जिकिर गरे।
अध्यक्ष अग्रवालले भने, ‘अर्थतन्त्रको मुहान भनेको निजी क्षेत्र हो। मुहान सुदृढ नभईकन आर्थिक गतिविधि विस्तार हुन सक्दैन। उद्यमशीलता, लगानी, राजस्व परिचालन र रोजगारी सिर्जना हुन सक्दैन, त्यसैले मुहानको संरक्षण र संवद्र्धनमा सबै पक्षले केन्द्रित हुनुपर्ने आजको आवश्यकता छ ।’
उनले आर्थिक वृद्धि सम्भव पार्न चार प्रमुख स्तम्भ सरकार, निजी क्षेत्र, नियामक निकाय र पत्रकारिता को प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताए। ‘सरकारले नीति बनाउने, निजी क्षेत्रले अर्थतन्त्र चलाउने, नियामकले अनुशासन कायम गर्ने र पत्रकारिताले पारदर्शिता सुनिश्चित गर्ने हो। यो चार स्तम्भको सहकार्य बिना आर्थिक वृद्धि सम्भव छैन,’ उनले भने।
अग्रवालले अहिलेको अर्थतन्त्रलाई ‘आर्थिक संक्रमणको मोड’मा रहेको भन्दै निजी क्षेत्रमा लगानी योग्य पूँजीको अभाव रहेको उल्लेख गरे । बैंकिङ क्षेत्रमा तरलता उच्च भए पनि घट्दो ब्याजदर र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएपछि लगानीको वातावरणमा अनिश्चितता बढेको उनको विश्लेषण छ । राजस्व संकलनको दबाब, निर्यात वृद्धि, उत्पादकत्व वृद्धिसँग सम्बन्धित संरचनागत आवश्यकता उजागर भएको बताउँदै उनले भने, ‘एकातर्फ बैंक तथा वित्तीय संस्थामा पुँजी व्यवस्थापनको चुनौती छ भने अर्कोतर्फ निजी क्षेत्रसँग पनि पुँजीको अभाव छ ।’
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा











