Development Bank

Sub Index

बैंकिङ

१२ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

December 7th 2025

0

0 shares

१२ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?


नेपाली शेयर न्यूज । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १२ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । आर्थिक वर्ष २०८१।८२ का लागि उक्त बैंकले लाभांश घोषणा गरेका हुन् ।

हाल लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक, एनएमबि बैंक, लक्ष्मी सनराइज बैंक, कृषि विकास बैंक, नेपाल एसबिआई बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सिजिन्स बैंक, सानिमा बैंक, एभरेष्ट बैंक र माछापुच्छ्रे बैंक रहेका हुन् ।


सिद्धार्थ बैंक


बैंकले आर्थिक वर्ष २०८१।८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल १०.५३ प्रतिशतले हुन आउने १ अर्ब ४८ करोड ३६ लाख ७४ हजार ९१५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमा ५ प्रतिशतले हुन आउने ७० करोड ४४ लाख ९९ हजार १० रुपैयाँबराबरको बोनस शेयर र ५.५३ प्रतिशतले हुन आउने ७७ करोड ९१ लाख ७५ हजार ९०५ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसहित) छन् । साधारण सभा सम्पन्न गरिसकेको छ ।


ग्लोबल आइएमई बैंक


बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित चुक्तापुँजीको ८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारित गरिसकेको छ ।


स्ट्याण्डर्ड चार्टर्ड बैंक


बैंकले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो। कम्पनीले साधा मंसिर २९ गते गर्दै छ । लाभांश र साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ ।


सिटिजन्स बैंक


बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभा सम्पन्न गरिसकेको छ ।


सानिमा बैंक


बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ७.३६८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले बोनस शेयर नदिई नगदमात्रै दिने निर्णय गरेको छ। सभा सम्पन्न गरिसकेको छ ।


एभरेष्ट बैंक


बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ६ प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने १४ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । साधारण सभा सम्पन्न गरिसकेको छ ।


माछापुच्छ्रे बैंक


बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र ४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। कम्पनीले साधारणसभा समेत सम्पन्न गरिसकेको छ।


लक्ष्मी सनराइज बैंक


बैंकले गत आर्थिक वर्षको नाफाबाट कुल १० दशलमव ५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा बैंकले १० प्रतिशत बोनश शेयर वितरण गर्ने भएको छ भने लाभांशमा लाग्ने कर प्रयोजनका लागि ० दशलमव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्ने भएको छ । त्यसका लागि पुस १ गतेभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले सभामा भाग लिनुको साथै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।


कृषि विकास बैंक


बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये ३ दशमलव २५ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजन सहित ९ दशलमव ७५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले मंसिर २९ गते सभा गर्दैछ ।


नेपाल एसबिआई बैंक


बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमा बैंकले ४ प्रतिशत बोनश शेयर र लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।


एनएमबि बैंक


बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । जसमध्ये बैंकले ५ प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छैन् ।


नबिल बैंक


नबिल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यसको अर्थ शेयरधनीहरुले प्रतिकित्ता १२.५० रुपैयाँ पाउनेछन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।


१२ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech