The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
बजारको Bullish character कायम: Candle र trendline ले Buy को संकेत(प्राविधिक विष्लेषणसहित) | Nepali Share News
Sub Index
शेयर शिक्षा
शेयर बजार
Daily Market Update
बजारको Bullish character कायम: Candle र trendline ले Buy को संकेत(प्राविधिक विष्लेषणसहित)
November 26th 2025
0
1 shares
नेपाली शेयर न्यूज/ बुधबार शेयरबजारमा कारोबार बढेसँगै नेप्से परिसूचक पनि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ९.६१ अंकले बढेर २६६५ विन्दुमा पुगेको छ । यससँगै बजार लगातार चार दिन उकालो लागेको छ । चार दिनमा नेप्से सूचक करिब १०५ अंकले बढिसकेको छ । कारोबार रकम पनि उक्लिएको छ । अघिल्लो दिन ५ अर्ब ८२ करोडको कारोबार भएकोमा बुधबार ६ अर्ब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस्तो छ टेक्निकल पक्ष
बुधबार क्यान्डल, ट्रेन्डलाइन र प्राइस–एक्सन तीनवटैबाट बाइ सिग्नल देखिएको छ । बजारको क्यारेक्टर अहिले पनि सकारात्मक र बुलिश क्रममा नै छ । क्यान्डलमा देखिएको माग, ट्रेन्डलाइनको समर्थन र क्यारेक्टर चेन्ज प्वाइन्टले पनि बजारलाई उकालोतर्फै संकेत गरिरहेको छ । त्यसैले बजारको गति अहिले पनि माथिल्लो ट्रेन्डमै रहेको बुझिन्छ ।
बजारको नजिकैको मुख्य रेसिस्टेन्स भनेको २,६८८ को विन्दुमा छ, जहाँबाट बजारले केही प्रतिक्रिया दिन सक्छ । यस विन्दुमा बजार रोकिएको झैँ देखिए पनि तल रहेको हरियो ट्रेन्डलाइनमा आधारित सपोर्ट भंग नभएसम्म बजारको बुलिश स्वरूपमा खासै असर नपर्ने देखिन्छ । दोस्रो प्रमुख रेसिस्टेन्स २,८२४ को आसपास रहेको छ, जुनपछि बजार अझै बलियो गतिमा अघि बढ्न सक्ने सम्भावना देखिन्छ ।
लगभाग २३ महिनापछि बनेको यो रेसिस्टेन्स जोन बजारका लागि महत्वपूर्ण मोड बन्न सक्छ । त्यसैले २,६८८ को दायरामा आउने उतार–चढावलाई सावधानीपूर्वक हेर्नुपर्ने हुन्छ। तर समग्र ट्रेन्ड भने अझै पनि सकारात्मक नै छ । बुधबारको कारोबारमा लगानीकर्ताको आकर्षण टर्नओभरका आधारमा चार प्रमुख सेकेटरमा बैंकिङ, हाइड्रोपावर, माइक्रोफाइनान्स र उत्पादन तथा प्रशोधनमा देखिएको छ । यी सेक्टरमा उच्च कारोबार भएकोले लगानीकर्ताको ध्यान र रुचि यता बढी केन्द्रित भएको देखिन्छ ।
बुधबार बजारमा १ सय ४२ कम्पनीको मूल्य बढ्दा १०४ कम्पनीको घट्यो र ११ कम्पनी स्थिर रहे । सागर डिस्टिलरी, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकका सेयर १० प्रतिशतसम्म बढे। केही कम्पनीमा भने गिरावट पनि देखियो। बोटलर्स नेपाल बालाजुको सेयर मूल्य ३.९४ प्रतिशतले घट्यो भने उन्नति सहकार्य लघुवित्त, शुभम् पावर र बन्दीपुर केबुलकारमा पनि गिरावट देखियो ।
समग्रमा हेर्दा बजारको क्यारेक्टर सकारात्मक नै छ । क्यान्डल, ट्रेन्डलाइन र प्राइस–एक्सन तीनै आधारमा बाइ संकेत देखिएकोले बजार अझै पनि बुलिश मूडमै रहेको निष्कर्ष निकाल्न सकिन्छ । २,६८८ को रेसिस्टेन्समा केही प्रतिक्रिया आएपनि ट्रेन्डलाइन सपोर्ट नटुटेसम्म बजार उकालोतर्फै रहने सम्भावना बलियो छ ।