Development Bank

Sub Index

बैंकिङ

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमाः प्रतिकित्ता १०५ रुपैयाँमै किन्न पाइने

December 10th 2025

0

0 shares

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमाः प्रतिकित्ता १०५ रुपैयाँमै किन्न पाइने

नेपाली शेयर न्यूज । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको स्वामित्वमा रहेका ३० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०५ रुपैयाँमा बिक्री गर्ने जनाएको छ।


विद्यमान नियम अनुसार संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूलाई नै हुने भएकाले हाल यो शेयर उनीहरूले मात्र खरीद गर्न सक्नेछन्।


शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्ने बैंकले जनाएको छ। निर्धारित अवधिभित्र विद्यमान संस्थापक समूहबाट आवेदन नआएमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गर्ने प्रक्रियामा अघि बढ्ने बैंकको भनाइ छ।

सिटिजन्स बैंकको संस्थापक शेयर बिक्रीमाः प्रतिकित्ता १०५ रुपैयाँमै किन्न पाइने

Leave a Comment

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech