लगानी अवसर

शेयर बजार

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

December 17th 2025

0

0 shares

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति


नेपाली शेयर न्यूज । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक महिनाको अवधिमा ६ कम्पनीलाई साधारण सेयर (एफपीओसहित) बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ५ वटा कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) र १ वटा कम्पनीलाई थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्रीको अनुमति दिएको हो ।


बोर्डका अनुसार कर्मचारीको आन्दोलनका कारण केही समय आइपीओ बिक्रीको अनुमति दिन ढिलाइ भएको थियो । बोर्डले मंसिर १४ गते विजय लघुवित्त वित्तीय संस्थालाई एफपीओ बिक्री गर्न अनुमति दिएको थियो । संस्थालाई ४ लाख ६६ हजार ८१७ कित्ता सेयर बिक्रीको स्वीकृति दिइएको छ । अब विजय लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ ।


त्यसैगरी, बोर्डबाट सोलु हाइड्रोपावर, सालपा विकास बैंक, भुजुङ्ग हाइड्रोपावर, रिज लाइन इनर्जी र रिलायन्स स्पिनिङ मिल्सलाई आइपीओ बिक्रीको अनुमति दिएको थियो । भुजुङ्गको पुस ३ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा रहेकाहरुलाई आइपिओ निष्काशन गर्दैछ भने सालपा विकासले र रिलायन्स स्पिनिङ मिल्स वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्काशन गरिसकेका छन् । यस्तै सोलु हाइड्रोपावरले स्थानीय र वैदेशिक रोजगारीका लागि आइपिओ खुलाइ सकेको छ । यी ६ वटा कम्पनीले कुल २ करोड ७९ लाख ५३ हजार कित्ता सेयर बिक्रीका लागि बोर्डबाट स्वीकृति पाएका छन् ।


एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech