अन्तर्राष्ट्रिय बजार
ब्याजदर घटेसँगै भारतीय शेयर बजारमा हरियाली
December 5th 2025
0
40 views
0 shares
नेपाली शेयर न्यूज/ भारतीय रिजर्भ बैंक (आरबीआई) ले प्रमुख ब्याजदर (रेपो दर) घटाएपछि शेयर बजारमा हरियाली छाएको छ । शुक्रबार बजार कारोबार बढेर बन्द भयो । बीएसई सेन्सेक्स ४४७.०५ अंक (०.५२%) बढेर ८५,७१२.३७ मा बन्द भयो भने एनएसई निफ्टी १५२.७० अंक (०.५९%) बढेर २६,१८६.४५ मा पुगेको छ।
आरबीआईले रेपो दर ०.२५% ले घटाएर ५.२५% मा झारेको छ। डिसेम्बर ३ देखि ५ सम्म बसेको मौद्रिक नीति समितिको बैठकपछि गभर्नर संजय मल्होत्राले डिसेम्बर ५ मा निर्णय सार्वजनिक गरेका हुन्। रेपो दर घटेपछि बैंकहरूले सस्तो ऋण पाउने र यसको फाइदा ग्राहकले लिने भएकाले आगामी दिनमा घर, अटो लगायतका ऋण सहज र सस्ता हुने अपेक्षा गरिएको छ।
वित्तीय क्षेत्रका विश्लेषकका अनुसार २० लाख रुपैयाँको २० वर्षे ऋणको ईएमआई करिब ३१० रुपैयाँ घट्नेछ भने ३० लाख रुपैयाँ ऋणमा ४६५ रुपैयाँसम्म घट्नेछ। यसले नयाँ र पुराना दुवै ऋणग्राहीलाई राहत पुर्याउनेछ। ब्याजदर कटौतीसँगै आवास क्षेत्रमा माग बढ्नेछ। कम ब्याजदरले घरजग्गामा लगानी गर्ने निर्णय सहज बनाउने भएकाले निर्माण र रियल–इस्टेट क्षेत्रमा सकारात्मक गतिशीलता आउने अपेक्षा गरिएको छ। आरबीआईले यस वर्ष कुल चार पटक रेपो दर घटाएर ६.५% बाट ५.२५% मा ल्याएको छ। फेब्रुअरी, अप्रिल, जुन र डिसेम्बरमा गरिएको कटौतीमार्फत करिब १.२५% ले दर घटाइएको हो।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा







