अन्तर्राष्ट्रिय बजार
इन्डिगो एयरलाइन्स संकटमा : कम्पनीको शेयरमा ठूलो गिरावट
December 8th 2025
0
3 views
0 shares
नेपाली शेयर न्यूज । भारतीय एयरलाइन कम्पनी इन्डिगो एयरलाइन्सको शेयर बजारमा भारी गिरावट आएको छ । एयरलाइनको उडानमा जारी संकटका बीच कम्पनीको सेयर निरन्तर ओरालो लागेको हो । सोमबारको कारोबार सत्रमा इन्डिगोको सेयर ९ प्रतिशतले घटेको छ ।
पछिल्लो एक सातामा कम्पनीको सेयरमा निरन्तर दबाब परेको छ र यस अवधिमा कुल १५ प्रतिशत गिरावट आएको छ। त्यस्तै, सोमबारको कारोबार सत्रमा स्पाइसजेटको सेयर भने १० प्रतिशतसम्म बढेको थियो। इन्डिगोको संकट गत साताको बुधबारदेखि सुरु भएको थियो, जब कम्पनीका सयौं उडान रद्द भए र दर्जनौं उडान ढिलाइ भए। शुक्रबार मात्र कम्पनीका एक हजारभन्दा बढी उडान रद्द भएका थिए। उडान रद्द र ढिलाइका कारण अन्य एयरलाइन्सको भाडा पनि अकासिएको छ।
यसैबीच एयरलाइनले आफ्नो फ्लाइट नेटवर्क १० डिसेम्बरसम्म स्थिर हुने जानकारी दिएको छ। कम्पनीले समयमै उडान पूरा गर्ने दर सुधार र रद्द हुने उडान घटाउने योजना पनि सार्वजनिक गरेको छ। शेयरको यो गिरावटले लगानीकर्तालाई ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक दुई घण्टामै कम्पनीको बजार पूँजी लगभग १५ हजार करोड रुपैयाँले घटेर १,९२,११६.२० करोड रुपैयाँमा झरेको छ। गत हप्तामा पनि कम्पनीको बजार पूँजीमा करिब १६ हजार करोड रुपैयाँको गिरावट आएको थियो। यसरी हेर्दा, १ डिसेम्बरदेखि हालसम्म मार्केट क्यापमा ३० हजार करोड रुपैयाँभन्दा बढीको गिरावट आएको छ।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा







