Nepali Share News l
सिन्धुपाल्चोकमा आयोजना रहेको याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आगामी चैत ८ गतेदेखि प्राथमिक सेयर (IPO) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर खुला गर्न लागेको हो।
स्थानीय बासिन्दाका लागि: सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका (वडा नं. १ देखि ७ सम्म) का बासिन्दाले आवेदन दिन पाउनेछन्। स्थानीयका लागि कुल ७ लाख कित्ता सेयर छुट्याइएको छ। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेकाहरूका लागि: सरकारबाट श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि २ लाख १० हजार कित्ता सेयर सुरक्षित गरिएको छ। उनीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्ने प्रावधान छ।
आवेदन दिने समय र प्रक्रिया:
- वैदेशिक रोजगारीमा रहेकाहरू: चैत २२ गतेसम्म (छिटोमा चैत ११)।
- स्थानीय बासिन्दा: २०८३ वैशाख ७ गतेसम्म (छिटोमा चैत २२)।
- आवेदन स्थल: स्थानीयले सिन्धु विकास बैंक र कुमारी बैंकका तोकिएका शाखा वा आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेकाहरूले मेरो शेयरमार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ। केयर रेटिङ्ग नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी माइनस' रेटिङ्ग दिएको छ, जसले लगानीमा मध्यम जोखिम रहेको जनाउँछ।



























