बैंकिङ

सप्तरीमा बैंक कर्मचारीमाथि आक्रमण, उपमेयरसहित पाँच फरार

December 17th 2025

0

0 shares

सप्तरीमा बैंक कर्मचारीमाथि आक्रमण, उपमेयरसहित पाँच फरार

नेपाली शेयर न्यूज । ऋण असुलीका लागि बैंकका कर्मचारीलाई मोसो दल्ने र कुटपिट गर्ने घटनामा सप्तकोशी नगरपालिकाकी उपमेयर रीताकुमारी चौधरीसहित पाँचजना फरार छन्। पक्राउ परेका दुईजनामा उपमेयरका पतिसमेत रहेका सेयरधनी सञ्जीवकुमार चौधरी र उमाकान्त चौधरी रहेका छन्।


ज्योति विकास बैंकका कर्मचारीमाथि बुधबार घेराबन्दी गर्दै जुत्ता लगाउने, गालीगलौज गर्ने र लठ्ठीले कुटपिट गर्ने भिडियो सार्वजनिक भएको थियो। बैंकले उपमेयरसहित सातजनाविरुद्ध अपहरण, कुटपिट र लुटपाटसम्बन्धी जाहेरी दिएको छ।


घटना सम्बन्धित कम्पनीले बैंकबाट लिएको चार करोड ५० लाख रुपैयाँ ऋणको किस्ता नतिरेपछि सुरु भएको हो। फरारको खोजी भइरहेको प्रहरीले जनाएको छ।

सप्तरीमा बैंक कर्मचारीमाथि आक्रमण, उपमेयरसहित पाँच फरार

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech