नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारका लगानीकर्तालाई मार्जिन कारोबार (Margin Trading) सुविधा उपलब्ध गराउने उद्देश्यले योग्य सूचीकृत कम्पनीहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ। नेप्सेले विभिन्न वित्तीय मापदण्ड पूरा गरेका कुल १२३ वटा कम्पनीलाई यस सुविधाका लागि योग्य ठहर गरेको हो।
कम्पनीहरू कसरी छनोट भए?
नेप्सेले भर्खरै लागू गरेको ‘मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया, २०८२’ को परिच्छेद ३, दफा ८ (१) मा तोकिएका कडा मापदण्डहरू (जस्तै: निरन्तर नाफा, चुक्ता पूँजीभन्दा बढी नेटवर्थ, पर्याप्त शेयर संख्या आदि) पूरा गरेका कम्पनीहरूलाई मात्र यो सूचीमा समावेश गरेको हो।


























