वैशाख २२, काठमाडौँ ।
नयाँ सरकार गठनपछिको उतारचढाव र निरन्तरको गिरावटपछि अन्ततः सेयर बजारले २,७०० को बलियो प्राविधिक विन्दु (Support Zone) लाई जोगाउँदै सकारात्मक दिशा समातेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक ८.७८ अंक (०.३२%) ले बढेर २,७१२.८६ बिन्दुमा बन्द भएको छ।
अघिल्लो दिन सोमबार करिब ३५ अंकले घटेर २,७०४ को संवेदनशील विन्दुमा झरेको बजारमा आज सुधार देखिँदा लगानीकर्ताहरूले केही राहत महसुस गरेका छन्।
२,६८० सम्म झरेर फर्कियो बजार
आज बजार खुल्नासाथ सुरुवाती समयमा तीव्र बिक्रीको चाप देखिँदा नेप्से ओरालो लागेर २,७०० भन्दा तल अर्थात् २,६८० को विन्दु नजिक पुगेको थियो। तर, उक्त तल्लो विन्दुमा सस्तो मूल्यमा सेयर उठाउन खरिदकर्ताहरू सक्रिय भएसँगै बजारले राम्रो रिकभरी लिन सफल भयो। आज कुल रु. ३ अर्ब ४३ करोड ९० लाख भन्दा बढीको सेयर कारोबार भएको छ, जुन हिजोको तुलनामा केही कम हो। यसले लगानीकर्ताहरू अझै पनि पूर्ण रूपमा आक्रामक नभई केही पर्ख र हेरको अवस्थामा रहेको संकेत गर्छ।
अधिकांश कम्पनीको मूल्य वृद्धि, SOHL को उच्च कारोबार
आजको बजारमा खरिदकर्ताको उपस्थिति बलियो रहँदा १६२ कम्पनीको सेयर मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ। १६ कम्पनीको मूल्य भने स्थिर रह्यो।
आजको कारोबारमा ULHC का लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यस कम्पनीको सेयर मूल्य ११.१६ प्रतिशत ले बढेर अन्तिम मूल्य रु. ५३८.०० कायम भएको छ। यस्तै SOHL (७.५६%) र DLBS (७.०४%) का सेयरधनीहरूले पनि राम्रो नाफा कमाएका छन्।
कारोबार रकमका आधारमा आज SOHL २३ करोड ५७ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो। यस्तै RSML (रु. १२ करोड ७८ लाख), NHPC (रु. ११code करोड ५२ लाख), AKJCL (रु. ८ करोड १५ लाख), र PCIL (रु. ७ करोड ७३ लाख) पनि उच्च कारोबार हुने उत्कृष्ट ५ कम्पनीको सूचीमा परेका छन्।


























