Development Bank
Sub Index
बैंकिङ
व्यक्तिगत कर्जा सीमा १ करोड, राष्ट्र बैंकको नयाँ व्यवस्था लागू
December 2nd 2025
0
118 views
0 shares
नेपाली शेयर न्यूज/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई व्यक्तिगत प्रयोजनका कर्जा अधिकतम १ करोड रुपैयाँसम्म प्रदान गर्न अनुमति दिएको छ। चालू आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षासँगै जारी एकीकृत निर्देशनमा संशोधन गर्दै यो व्यवस्था लागू गरिएको हो।
यसअघि निश्चित प्रयोजन नखुलेका व्यक्तिगत कर्जा तथा ओभरड्राफ्ट कर्जा ५० लाख रुपैयाँसम्म मात्र सीमित थियो।
अब उक्त सीमा बढाएर प्रतिव्यक्ति १ करोड रुपैयाँ पु¥याइएको छ। नयाँ निर्देशनअनुसार बैंकहरूले निश्चित प्रयोजन नखुलेका व्यक्तिगत ओभरड्राफ्ट, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा तथा सेयर धितोमा प्रदान गरिने कर्जा सहित सबै प्रकारका व्यक्तिगत प्रयोजनका कर्जा १ करोड रुपैयाँसम्म मात्र प्रवाह गर्न पाउनेछन्।
त्यस्तै, कुनै व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा कुल कर्जा १ करोड रुपैयाँभन्दा बढी नहोस् भन्ने सुनिश्चित गर्न बैंकहरूले सावधानी अपनाउनुपर्नेछ। निर्देशनमा भनिएको छ, “कर्जा प्रवाह गर्दा तोकिएको सीमा ननाघेको यकिन गरी मात्र कर्जा प्रवाह गर्नुपर्नेछ।” सीमा नाघेर कर्जा प्रवाह गरेमा उक्त सीमा नाघेको रकममा शत–प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने व्यवस्था छ।
Leave a Reply
Related News
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News
Popular News
- शिवम् सिमेन्ट्सको साधारण सभाः लाभांश पारित
- शेयर बजार स्थिर, नेप्से २६०७ अंकमा
- माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबार रोक
- आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा
- नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभा पुस १८ गते
- लाभांश पारित मुख्य प्रस्तावसहित मिड सोलुले बोलायो साधारण सभा
- डेपुटी गभर्नर मिश्र भन्छन्,‘बैंक, वित्तले शेयरमा लगानी गर्न डराउन हुँदैन’
- फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा














