नेपाली शेयर न्यूज । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्ने निर्णय गरेको हो।
हाल कायम चुक्त पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँका आधारमा बैंकले कुल १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११२ रुपैयाँ ८५ पैसाबराबरको लाभांश प्रस्ताव गरेको छ। यसमध्ये ८ प्रतिशत बोनस शेयरमार्फत १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७ रुपैयाँ २९ पैसा वितरण गरिनेछ भने कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांशबापत ८ करोड १६ लाख ९५ हजार ५५ रुपैयाँ ५६ पैसा छुट्याइएको छ।
बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई वितरण गरिनेछ।

























