Development Bank
Sub Index
बैंकिङ
राष्ट्र बैंकको नयाँ सर्कुलरः एक करोडसम्म व्यक्तिगत ऋण दिनू
December 3rd 2025
0
0 shares
नेपाली शेयर न्यूज/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत गरिएका नयाँ व्यवस्था कार्यान्वयनका लागि सर्कुलर जारी गरेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको समीक्षा गर्दै केही व्यवस्था थप गरेको थियो। केही संशोधन गरेको थियो।
ती व्यवस्था कार्यान्वयनका लागि सर्कुलर गरिएको हो।
के छ सर्कुलरमा ?
ऋण खानेको नाफा, घाटा विश्लेषणा गर्नू
बैंक तथा वित्तीय संस्थाले ऋणीको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यका आधारमा बुझाउनुपर्ने ब्याजको कम्तिमा १० प्रतिशत रकम असुल उपर गरी आगामी चैतसम्मको पुनरसंरचना गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
एक करोडसम्म व्यक्तिगत ऋण दिनू
सर्कुलरमा उल्लेख भएको नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले अब प्रयोजन नखुलाई एक करोड रुपैयाँसम्म व्यक्तिगत कर्जा (अधिविकर्षसहित) दिन सक्नेछन्। यदि तोकिएको सीमा नाघेर कर्जा प्रवाह गरियो भने बैंकले सीमाभन्दा बढी गएको रकममा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।
इजाजत वालासँग थोरै ब्याज लिनू
वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, लघुवित्त वित्तीय संस्था तथा बचत तथा ऋण सहकारी संस्थाहरूलाई विशेष कार्यक्रमका लागि उपलब्ध गराइने कर्जाको ब्याजदर ५.७५ प्रतिशतमा तोकिएको छ। पहिले यो दर ६ प्रतिशत थियो। यसले प्राथमिकता क्षेत्रको कर्जा, कृषि, लघु उद्यम कर्जाको ब्याज घट्नेछ।
गरिबलाइ १५ लाखसम्म ऋण दिनू
’घ’ वर्गका वित्तीय संस्थाहरूले विपन्न तथा न्यून आय भएका व्यक्तिलाई कृषि, लघु उद्यम वा व्यवसायका लागि दिन सक्ने कर्जाको सीमा बढाइएको छ। यसअघि सात लाख रुपैयाँसम्म मात्र दिन सकिने व्यवस्था थियो, अब १५ लाख रुपैयाँसम्म दिन सकिनेछ। तर समूहमा आबद्ध सदस्यले एकै पटक कर्जा वा धितो कर्जामध्ये एउटा मात्र लिन सक्नेछन्।
बाढी पीडित जिल्लाका ऋणीलाइ धेरै नकस्नू
इलामलगायतका बाढी पीडित जिल्लामा उद्यम व्यवसायका लागि प्रवाह भएको कर्जालाई ऋणीको अनुरोध आएमा कर्जा पुनरसंरचा गर्न सकिने व्यवस्था कार्यान्वयन गर्न सर्कुलर गरिएको हो।
Leave a Reply
Related News

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

बलेफी हाइड्रोपावर लिमिटेड (BHL) को १४औँ वार्षिक साधारण सभा आह्वान

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










