लगानी अवसर
Sub Index
शेयर बजार
Manufacturing and Processing
रिलायन्स स्पिनिङ मिल्सलाई आईपीओ निष्कासनको अनुमति
December 2nd 2025
0
0 shares
नेपाली शेयर न्यूज/ डेढ वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढेको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमतिदिए सँगै १ अर्ब ७० करोड पुँजी भएको रिलायन्स स्पिनिङ मिल्सले आईपीओ ल्याउने भएको छ ।
आईपीओ निष्कासनको अनुमतिदिएसँगै नेपालको प्रमुख निर्यात मूलक उद्योग रिलायन्स अब नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको हो । निष्काशन तथा विक्रीप्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई पत्र लेख्दै ‘सम्मानीत उच्च अदालत पाटनको परमादेशको आदेश अनुसार रिलायन्स स्पिनिङमिल्स लिमिटेडको साधारण शेयरको निष्काशन कार्य अघि बढाउन’ भनेको छ ।
यसअघि २०८१ असार १२ मा आईपी ओनिष्काशनको लागि बोर्डबाट स्वीकृति प्राप्त भएपनि रोकिएको थियो । त्यसविरुद्ध रिलायन्स स्पिनिङ मिल्स परमादेशको आदेश माग गर्दै उच्चअदालत पाटन पुगेको थियो । रिलायन्स स्पिनिङमिल्स गोल्याण ग्रुपको प्रमुख उद्योग हो । २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा उल्लेख्य सुधार गर्दै आएको छ ।
कम्पनीद्वारा सार्वजनिकवार्षिक वित्तीयविवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँ नाफाआर्जन गरेको जनाएको छ । उद्योगले अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल भएको छ । उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा स्पिनिङ मिल्सका नेतृत्वकर्ता अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।
९ हजार स्पिन्डल क्षमताबाट सुरु भएको रिलायन्स स्पिरिङ मिल्स हाल १ लाख २ हजार ८ सय २४ स्पिन्डलको जडित क्षमता सहित सञ्चालन भइरहेको छ । सुनसरीको खनार र दुहबीमा उद्योगका दुईवटा धागो कारखाना रहेका छन् । उद्योगले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक र टेक्सचर्ड यार्न उत्पादन गर्दै आएको छ । रिलायन्सका उत्पादनहरु नेपालभित्र खपत हुनुका साथै भारत, टर्कीलगायत देशमा निर्यात हुने गरेका छन् । वार्षिक ५ करोड अमेरिकी डलर बराबरको निर्यात हुन्छ ।
Leave a Reply
Related News

निफ्राको १०.८० लाख कित्ता संस्थापक सेयर बिक्री खुला

सिटिजन्स सन्तुलित योजना: १२ करोड ५० लाख इकाइको बाँडफाँड

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?
नागरिक लगानी कोषको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

सुपर खुदी हाइड्रोको आईपीओ नतिजा आज सार्वजनिक हुँदै

शिखर पावरको आईपीओमा आजबाट आवेदन खुला

दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि सेबोनमा दियो आवेदन

युनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर।

एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न; १ लाख १८ हजार बढीले पाए सेयर
Popular News
- सुपर खुदी हाइड्रोको आईपीओ नतिजा आज सार्वजनिक हुँदै
- शिखर पावरको आईपीओमा आजबाट आवेदन खुला
- दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि सेबोनमा दियो आवेदन
- युनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर।
- एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
- रिज लाइन इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न; १ लाख १८ हजार बढीले पाए सेयर
- महुली लघुवित्तको संस्थापक सेयर बिक्री खुल्ला
- सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्री खुला










