लगानी अवसर

HydroPower

Sub Index

शेयर बजार

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

December 28th 2025

0

0 shares

banner

नेपाली शेयर न्यूज ।

रिज लाइन इनर्जी लिमिटेडले आज (पुस १३, २०८२) देखि आफ्नो प्राथमिक सेयर (IPO) निष्कासन खुल्ला गरेको छ। पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि मात्र सेयर खुला गरेको हो।


वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि:

  1. सुरु हुने मिति: २०८२ पुस १३ गते
  2. अन्तिम मिति: २०८२ पुस १७ गते (बैंकिङ समयसम्म)


आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि:

  1. सुरु हुने मिति: २०८२ पुस १३ गते
  2. अन्तिम मिति: २०८२ पुस २८ गते


मुख्य विवरणहरू:

  1. नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल २ करोड ६७ लाख रुपैयाँ बराबरको (२,६७,००० कित्ता) सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
  2. यसमध्ये प्रभावित क्षेत्रका स्थानीयका लागि ११ करोड ८५ लाख (१,१८,५०० कित्ता) छुट्याइएको छ।
  3. वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले पनि आफ्नो कोटा अनुसार आवेदन दिन सक्नेछन्।


स्थानीय बासिन्दाहरूले आफ्नो क्षेत्रको तोकिएको केन्द्रबाट र वैदेशिक रोजगारीमा रहेकाहरूले मेरो सेयर (MeroShare) मार्फत आवेदन दिन सक्नेछन्।

Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech