Development Bank
Sub Index
शेयर बजार
सालपा विकास बैंकको आईपीओ खुला
December 11th 2025
0
0 shares

नेपाली शेयर न्यूज । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै पहिलो चरणको आईपीओ निष्कासन सुरु गरेको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते अनुमति पाएपछि प्रतिकित्ता १०० रुपैयाँदरका कुल १७ लाख २३ हजार ८८० कित्ता सेयर सार्वजनिक गर्ने तयारी पूरा गरेको हो।
पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि छुट्याइएको छ। यसमा मंसिर २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म माग गर्न सक्नेछन्।
यस्तै, बैंकले ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, २६ हजार ११९ कित्ता कर्मचारीहरूको लागि सुरक्षित गरेको छ। बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गरिनेछ। आईपीओको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवा उपलब्ध सबै बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइनमार्फत सजिलै आवेदन दिन सक्नेछन्। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हाल्नेछ।
Leave a Reply
Related News

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?
नागरिक लगानी कोषको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










