अन्तर्राष्ट्रिय बजार

बजेट नीति र बैंक दर कटौतीले दक्षिण अफ्रिकाको शेयर बजारमा उछाल

December 4th 2025

0

0 shares

बजेट नीति र बैंक दर कटौतीले दक्षिण अफ्रिकाको शेयर बजारमा उछाल


नेपाली शेयर न्यूज/ दक्षिण अफ्रिकाको जोहान्सबर्ग स्टक एक्सचेन्ज (JSE) नोभेम्बरमा विश्वका उत्कृष्ट प्रदर्शन गर्ने सेयर बजारमध्ये परेको छ। धातु मूल्यमा आएको तीव्र वृद्धिले बजार सूचकलाई बलियो बनाएको वित्तीय विश्लेषकहरूले बताएका छन्।


FTSE/JSE Capped SWIX Index नोभेम्बरमा मासिक २.३ प्रतिशतले बढ्यो। यस अवधिमा जेएसईलाई पछाडि पार्ने एकमात्र प्रमुख बजार ब्राजिलको बोभेस्पा थियो, जसले ६.४ प्रतिशतले वृद्धि गरेको थियो। Anchor Capital का फण्ड म्यानेजर पीटर लिट्लका अनुसार नोभेम्बरमा FTSE/JSE Capped SWIX Index लाई वर्षभर (डॉलर मूल्यमा) ५१ प्रतिशतको वृद्धिमा पुर्‍यायो, जहाँ यस वर्ष अहिलेसम्म ब्राजिलको बोभेस्पा र स्पेनको IBEX 35 ले क्रमशः ५३ र ६४ प्रतिशत वृद्धि गर्दै मात्र जेएसईलाई पछाडि पारेका छन्।


लिट्लका अनुसार कीमती धातु खानी कम्पनीहरूले बजारलाई अघि बढाउने भूमिका निर्वाह गरे, जहाँ सुन र प्लाटिनम खानी कम्पनीहरू औसत रूपमा १३ प्रतिशतले बढे। सुन र प्लाटिनमको मूल्य पनि मासिक रूपमा करिब ६ प्रतिशतले उक्लियो, जसले वर्षको सुरूदेखि क्रमशः ६२ र ८४ प्रतिशत वृद्धि देखाएको छ।


तर JSE सूचीबद्ध लगानी होल्डिङ कम्पनी Naspers र Prosus क्रमशः १२ र १० प्रतिशतले घट्दै बजारको समग्र प्रदर्शनमा नकारात्मक प्रभाव पारे। यी कम्पनीहरूको गिरावट चिनियाँ टेक जायन्ट Tencent को ३ प्रतिशत गिरावटभन्दा धेरै ठूलो थियो। कम्पनीमा नयाँ सीईओ फाब्रिसियो ब्लोइस आएपछिको व्यवस्थापन प्रभावकारी देखिए पनि ताजा अर्निङ्स रिपोर्टपछि सेयर मूल्यमा नकारात्मक प्रतिक्रिया देखिएको बताइएको छ। लगानीकर्ताहरू कम्पनीको भविष्यमा हुने सेयर बायब्याक योजनाबारे स्पष्टता नआएकोमा चिन्तित भएको विश्लेषक लिट्लले बताए।


यसबीच दक्षिण अफ्रिकाको मध्यमावधि बजेट नीतिगत अभिव्यक्ति (MTBPS) लाई लगानीकर्ताले सकारात्मक रूपमा मूल्यांकन गरेका छन्। अर्थमन्त्री इनोक गोडोङगवानाले आर्थिक अनुशासन कायम राख्दै भविष्यका खर्च र ऋण वृद्धि दरलाई ३ प्रतिशत मुद्रास्फीति लक्ष्यासँग बाँधिएको घोषणा गरे।


दक्षिण अफ्रिका रिजर्भ बैंकले पनि ०.२५ प्रतिशत ब्याज दर कटौती गरी मुख्य ऋणदर १०.२५ प्रतिशतमा पुर्‍याएको छ। नोभेम्बरमा सरकारको १० वर्षे ऋण प्रतिफल दर ८.५ प्रतिशतमा झरेको छ, जुन पाँच वर्षयताकै न्यूनतम हो। यस अवधिमा दक्षिण अफ्रिकी र्यान्ड अमेरिकी डलरकाविरुद्ध १.३ प्रतिशतले बलियो भयो र वर्षको सुरूदेखि १० प्रतिशत मजबुत भएको छ।


दक्षिण अफ्रिकी बजारको उत्कृष्ट प्रदर्शनबारे Morningstar ले पनि सकारात्मक टिप्पणी गर्दै २०२५ मा यो बजार विश्वकै उत्कृष्ट मध्ये रहेको बताएको छ। मर्निङस्टारका अनुसार दक्षिण अफ्रिकी लगानीकर्ताका लागि खानी क्षेत्र र पाँच ठूला बैंकहरूमा अझै अवसर उपलब्ध छन्। तर अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि दक्षिण अफ्रिकी बजार आकर्षक नहुन सक्ने मूल्यांकन छ।


मर्निङस्टारका प्रमुख अनुसन्धान तथा लगानी अधिकारी ड्यान केम्पका अनुसार दक्षिण अफ्रिकी बजार अहिले ‘fair value’ मा मुल्यांकन भएको छ, जबकि ब्राजिल र मेक्सिको जस्ता बजार तुलनात्मक रूपमा सस्ता छन्। उनका अनुसार दक्षिण कोरिया र चीनजस्ता बजारमा उच्चस्तरीय प्रविधि कम्पनीमा लगानी गर्ने अवसर पनि उपलब्ध छन्, जुन दक्षिण अफ्रिकाले प्राप्त गर्न सक्दैन।


बजेट नीति र बैंक दर कटौतीले दक्षिण अफ्रिकाको शेयर बजारमा उछाल

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech