Development Bank

Sub Index

बैंकिङ

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभाः लाभांश प्रस्ताव पारित गर्ने

November 23rd 2025

0

1 shares

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभाः लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले साधारण सभा बोलाएको छ। बैंकले मंसिर २९ गते, सोमबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ।


सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।


साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १६ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने जनाइएकाे छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले बोलायो साधारण सभाः लाभांश प्रस्ताव पारित गर्ने

Leave a Comment

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech