Nepali Share News l
युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। माघ १८ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार उक्त सभा आगामी फागुन १३ गते बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाका मुख्य एजेन्डाहरू
- मर्जर सम्बन्धी अख्तियारी: अन्य कुनै उपयुक्त लघुवित्तसँग गाभिने वा मर्जरमा जाने प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई सम्पूर्ण जिम्मेवारी दिने।
- लाभांश: यस वर्ष शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने प्रस्ताव।
- वित्तीय प्रतिवेदन: आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब र लेखापरीक्षकको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने।
- नियुक्ति तथा अनुमोदन: नयाँ लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने, साथै सर्वसाधारण शेयरधनी र स्वतन्त्र सञ्चालकको मनोनयनलाई स्वीकृत गर्ने।
- बूक क्लोज: साधारणसभा प्रयोजनका लागि फागुन ६ गते एक दिन शेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ। तसर्थ, फागुन ५ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीहरूले मात्र सभामा सहभागी हुन पाउनेछन्।



























