अर्थतन्त्र

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

December 16th 2025

0

0 shares

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

नेपाली शेयर न्यूज । विदेशी परामर्शदाताले नेपालमा परामर्श दिएर मात्रै १४ अर्ब बढीको रकम विदेश लगेका छन्। चालू आर्थिक वर्षको ४ महिनामै नेपालबाट परामर्श व्यस्थापकीय र व्यावसायिक परामर्श शीर्षकमा १४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ बाहिरिएको हो।

नेपालका निजी तथा सरकारी संस्थाहरुले विदेशी परामर्शदाता तथा व्यवस्थापकहरुबाट लिएको सुविधाबापतको रकम पछिल्लो समय हरेक वर्षजसो बढ्ने क्रममा छ। गत वर्ष सोही अवधिमा ११ अर्ब ९३ करोडबराबरको परामर्श सुविधा लिएकोमा चालू आवमा ३ अर्ब ५८ करोड रुपैयाँले बढी देखिएको हो। चालू आर्थिक वर्षको सुरुवातीसँगै ठूला सरकारी तथा व्यावसायिक संस्थाहरुमा क्षति पुगेको कारण पनि परामर्श तथा व्यवस्थापनमा विदेशी परामर्शदाताहरुको माग बढाएको थियो।

यसले पनि परामर्श तथा व्यवस्थापन सुविधा आयात बढ्न पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। परामर्शबाट विदेशिने रकम बढे पनि नेपालले भित्र्याउने रकम भने उल्लेख्य बढ्न सकेको छैन। चालू आवको चार महिनामा १४ अर्ब माथिको रकम विदेशी परामर्शदाताले लैजाँदा नेपालीले भने सोही शीर्षकमा १ अर्ब ३६ करोड २ लाख मात्रै भित्र्याउन सफल बनेका हुन्।

गत वर्षबाट मात्रै तथ्यांक राख्न थालेको नेपाल राष्ट्र बैंकले परामर्शमा पनि नेपालको घाटा गहिरिन थालेको देखिएको हो। गत वर्ष परामर्श तथा व्यवस्थापन शीर्षकमा नेपालको व्यापारघाटा ९ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा चालू आवको ४ महिनामा यस्तो घाटा बढेर १३ अर्ब २३ करोडमा पुगेको छ।

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

Leave a Comment

Related News

शेयर बजार सुधारका लागि ब्रोकर एशोसिएशनको ६ बुँदे माग: अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

शेयर बजार सुधारका लागि ब्रोकर एशोसिएशनको ६ बुँदे माग: अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै

 बैंकमा पैसा थुप्रियो: चैत महिनामा पनि निक्षेपको ब्याजदर घट्यो, ऋणीलाई फाइदा पुग्ने

बैंकमा पैसा थुप्रियो: चैत महिनामा पनि निक्षेपको ब्याजदर घट्यो, ऋणीलाई फाइदा पुग्ने

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech