अर्थतन्त्र
बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी
December 16th 2025
0
0 shares
नेपाली शेयर न्यूज । विदेशी परामर्शदाताले नेपालमा परामर्श दिएर मात्रै १४ अर्ब बढीको रकम विदेश लगेका छन्। चालू आर्थिक वर्षको ४ महिनामै नेपालबाट परामर्श व्यस्थापकीय र व्यावसायिक परामर्श शीर्षकमा १४ अर्ब ५९ करोड ६२ लाख रुपैयाँ बाहिरिएको हो।
नेपालका निजी तथा सरकारी संस्थाहरुले विदेशी परामर्शदाता तथा व्यवस्थापकहरुबाट लिएको सुविधाबापतको रकम पछिल्लो समय हरेक वर्षजसो बढ्ने क्रममा छ। गत वर्ष सोही अवधिमा ११ अर्ब ९३ करोडबराबरको परामर्श सुविधा लिएकोमा चालू आवमा ३ अर्ब ५८ करोड रुपैयाँले बढी देखिएको हो। चालू आर्थिक वर्षको सुरुवातीसँगै ठूला सरकारी तथा व्यावसायिक संस्थाहरुमा क्षति पुगेको कारण पनि परामर्श तथा व्यवस्थापनमा विदेशी परामर्शदाताहरुको माग बढाएको थियो।
यसले पनि परामर्श तथा व्यवस्थापन सुविधा आयात बढ्न पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। परामर्शबाट विदेशिने रकम बढे पनि नेपालले भित्र्याउने रकम भने उल्लेख्य बढ्न सकेको छैन। चालू आवको चार महिनामा १४ अर्ब माथिको रकम विदेशी परामर्शदाताले लैजाँदा नेपालीले भने सोही शीर्षकमा १ अर्ब ३६ करोड २ लाख मात्रै भित्र्याउन सफल बनेका हुन्।
गत वर्षबाट मात्रै तथ्यांक राख्न थालेको नेपाल राष्ट्र बैंकले परामर्शमा पनि नेपालको घाटा गहिरिन थालेको देखिएको हो। गत वर्ष परामर्श तथा व्यवस्थापन शीर्षकमा नेपालको व्यापारघाटा ९ अर्ब ८४ करोड रुपैयाँ रहेकोमा चालू आवको ४ महिनामा यस्तो घाटा बढेर १३ अर्ब २३ करोडमा पुगेको छ।
Leave a Reply
Related News

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

नेपाल राष्ट्र बैंकद्वारा पुनः २५ अर्बको ऋणपत्र जारी, आजै बोलकबोल
मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति
आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










