अर्थतन्त्र
अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन
November 19th 2025
0
0 shares

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले मुलुकको कर प्रशासनलाई आधुनिक, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित महत्वपूर्ण सुधार प्रक्रिया अघि बढाइएको बताएका छन्। नेपाल उद्योग परिसंघले बुधबार राजधानीमा आयोजना गरेको ‘आर्थिक रुपान्तरणको मार्गचित्र’ कार्यक्रममा बोल्दै खनालले कर संकलन तथा भुक्तानी प्रणालीलाई सरल र एउटै बिन्दुबाट सम्पन्न गर्न सकिने ‘वन–स्टप’ मोडेल लागू गर्न तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार अब व्यवसाय नविकरणको प्रक्रिया ‘चुक्ता प्रमाणपत्र’का आधारमा हुने छ भने राष्ट्रिय परिचयपत्रमार्फत प्यान नम्बर प्राप्त गर्न सकिने प्रणाली पनि सुरु गर्दैछ। यी सुधारले कर प्रशासनलाई दिगो, कागजरहित र समयमैत्री बनाउन मद्दत गर्ने उनले बताए। खनालले उच्चस्तरीय आर्थिक सुधार आयोगले प्रस्तुत गरेको सुझावलाई क्रमशः प्रभावकारी रूपमा कार्यान्वयन गरिँदै जाने प्रतिवद्धता व्यक्त गरे। करका दरसम्बन्धी प्रश्नमा उनले वर्तमान सरकारलाई केवल निर्वाचन गराउने म्याण्डेट मात्र भएकाले कर दरमा कुनै परिवर्तन गर्ने योजना नभएको स्पष्ट पार्दै भने, “करका दर पुनरावलोकन अब आउने निर्वाचित सरकारले नै गरोस् भन्ने हाम्रो चाहना छ।”
उनले निर्वाचन आचारसंहिता लागू भएपछि नयाँ नीति तथा प्रशासनिक निर्णय गर्न किन नमिल्ने भन्नेबारे पनि स्पष्ट गर्दै मन्त्रालय कानूनअनुसार जिम्मेवारी निर्वाह गर्दै अघि बढ्ने बताए। कार्यक्रममा उद्योगी–व्यवसायीहरूले कर प्रणाली सुधार, कर दायित्व सहजता र आर्थिक सुधार कार्यान्वयन कार्ययोजनामा समेटिएका प्रस्तावहरू छिटो लागू गर्न अर्थमन्त्रालयलाई आग्रह गरेका थिए। अर्थमन्त्री खनालले निकट भविष्यमै प्रत्यक्ष अनुभूत हुनेगरी आर्थिक सुधारका काम देखिने बताएका छन्।
Leave a Reply
Related News

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

नेपाल राष्ट्र बैंकद्वारा पुनः २५ अर्बको ऋणपत्र जारी, आजै बोलकबोल
बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी
मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति
आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










