अर्थतन्त्र

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

December 16th 2025

0

0 shares

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

नेपाली शेयर न्यूज । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार मंसिरसम्म सरकारले ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि लक्ष्यभन्दा १ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ कम राजस्व उठेको हो।

समीक्षा अवधिमा सरकारले लक्ष्यको ७८.७४ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ। मंसिर महिनामा मात्रै ८० अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सो महिनाका लागि सरकारले ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। यस अनुसार मंसिरमा राजस्व लक्ष्यको ८४.३१ प्रतिशत प्रगति हासिल भएको अर्थ मन्त्रालयले जनाएको छ।

गत आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यतिबेला मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ रहेको थियो। गत आवको सोही अवधिसँग तुलना गर्दा चालू आवमा राजस्व संकलन जम्मा ४ अर्ब रुपैयाँले मात्र वृद्धि भएको देखिन्छ।

चालू आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। लक्ष्यअनुसारको राजस्व संकलन चुनौतीपूर्ण देखिएको भन्दै अर्थ मन्त्रालयले आगामी महिनामा संकलन सुधार गर्न विभिन्न उपाय अपनाइने जनाएको छ।

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

Leave a Comment

Related News

शेयर बजार सुधारका लागि ब्रोकर एशोसिएशनको ६ बुँदे माग: अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

शेयर बजार सुधारका लागि ब्रोकर एशोसिएशनको ६ बुँदे माग: अर्थमन्त्रीलाई बुझायो ध्यानाकर्षण पत्र

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै

बैंकिङ प्रणालीमा अधिक तरलता: राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँ तान्दै

 बैंकमा पैसा थुप्रियो: चैत महिनामा पनि निक्षेपको ब्याजदर घट्यो, ऋणीलाई फाइदा पुग्ने

बैंकमा पैसा थुप्रियो: चैत महिनामा पनि निक्षेपको ब्याजदर घट्यो, ऋणीलाई फाइदा पुग्ने

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

नेपाली बजारमा सुनको मूल्यमा वृद्धि: आज कति छ त भाउ?

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

Popular News

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech