अर्थतन्त्र

मंसिरमा पनि राजस्व लक्ष्य पूरा भएन, ८४ प्रतिशत मात्रै प्रगति

December 16th 2025

0

0 shares

banner

नेपाली शेयर न्यूज । चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयका अनुसार मंसिरसम्म सरकारले ५ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको भए पनि लक्ष्यभन्दा १ खर्ब १० अर्ब ६६ करोड रुपैयाँ कम राजस्व उठेको हो।


समीक्षा अवधिमा सरकारले लक्ष्यको ७८.७४ प्रतिशत मात्र राजस्व संकलन गर्न सफल भएको छ। मंसिर महिनामा मात्रै ८० अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। सो महिनाका लागि सरकारले ९५ अर्ब २० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो। यस अनुसार मंसिरमा राजस्व लक्ष्यको ८४.३१ प्रतिशत प्रगति हासिल भएको अर्थ मन्त्रालयले जनाएको छ।


गत आर्थिक वर्ष २०८१/८२ को मंसिरसम्म सरकारले ४ खर्ब ५ अर्ब ७७ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यतिबेला मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रुपैयाँ रहेको थियो। गत आवको सोही अवधिसँग तुलना गर्दा चालू आवमा राजस्व संकलन जम्मा ४ अर्ब रुपैयाँले मात्र वृद्धि भएको देखिन्छ।


चालू आर्थिक वर्षका लागि सरकारले कुल १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। लक्ष्यअनुसारको राजस्व संकलन चुनौतीपूर्ण देखिएको भन्दै अर्थ मन्त्रालयले आगामी महिनामा संकलन सुधार गर्न विभिन्न उपाय अपनाइने जनाएको छ।

Leave a Reply

Related News

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

आकाशियो सुनको भाउ: प्रतितोला २ लाख ७६ हजार ५ सय पुग्दा चाँदी पनि उच्च बिन्दुमा

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

चेकबाट ५ लाखभन्दा बढी नगद झिक्न रोक, माघ १ देखि नयाँ व्यवस्था लागू

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

अमेरिकी भिसामा नयाँ नियम: २१ लाख धरौटीको राख्नुपर्ने

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

निजी क्षेत्रको मनोबल नबढेसम्म देशको आर्थिक अवस्था सुध्रिन सक्दैन : महासंघ अध्यक्ष चन्द्र ढकाल

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

अब ५ लाखभन्दा बढीको नगद कारोबार गर्न नपाइने

नेपाल राष्ट्र बैंकद्वारा पुनः २५ अर्बको ऋणपत्र जारी, आजै बोलकबोल

नेपाल राष्ट्र बैंकद्वारा पुनः २५ अर्बको ऋणपत्र जारी, आजै बोलकबोल

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

बढ्दै परामर्श खर्च, ४ महिनामा सरकारी र निजी क्षेत्रबाट बाहिरियो १४ अर्ब बढी

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

आर्थिक वृद्धि नपुग्नुमा आत्मसमीक्षा आवश्यक : अर्थमन्त्री खनाल

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी  छैन

अर्थमन्त्री भन्छन्– करका दर हेरफेर गर्ने कुनै तयारी छैन

नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर घटेर २.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech