साधारणसभा

शेयर बजार

आज एकैदिन पाँच कम्पनीको वार्षिक साधारणसभा, लाभांश प्रस्ताव पारित हुँदै

December 15th 2025

0

0 shares

banner

नेपाली शेयर न्यूज । आज मंसिर २९ गते एकैदिन पाँच वटा सूचीकृत कम्पनीहरूले आफ्ना वार्षिक साधारणसभा (एजीएम) आयोजना गर्दैछन्। पाँचै कम्पनीले शेयरधनीहरूका लागि लाभांश वितरणको प्रस्ताव गरेका छन्।


माउन्टेन इनर्जी नेपाल लिमिटेडले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.०५२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीको १२औँ वार्षिक साधारणसभा आज बिहान १० बजेदेखि काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बस्दैछ। कम्पनीले मंसिर १७ गते बुक क्लोज गरिसकेको छ।


कृषि विकास बैंक लिमिटेडले ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर समेत) तथा अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि बैंकको १९औँ वार्षिक साधारणसभा आज बिहान ११ बजे भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठानमा आयोजना हुँदैछ। बैंकले मंसिर १४ गते बुक क्लोज गरिसकेको छ।


स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले कर सहित १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्न बैंकको ३९औँ वार्षिक साधारणसभा आज बिहान १० बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दैछ। बैंकले मंसिर १६ गते बुक क्लोज गरिसकेको छ।


आईसीएफसी फाइनान्स लिमिटेडले कर प्रयोजनसहित १५.७८९५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्ताव पारितका लागि कम्पनीको २२औँ वार्षिक साधारणसभा आज बिहान १० बजे काठमाडौंको बौद्ध पिपलबोटस्थित बौद्ध हेरिटेजमा बस्दैछ। कम्पनीले मंसिर १९ गते बुक क्लोज गरिसकेको छ।


सिक्लेस हाइड्रोपावर लिमिटेडले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। लाभांश पारितका लागि कम्पनीको २०औँ तथा २१औँ वार्षिक साधारणसभा आज बिहान ११ बजे पोखराको घारपाटनस्थित आभ्या क्लबमा आयोजना हुँदैछ। कम्पनीले मंसिर १८ गते बुक क्लोज गरिसकेको छ। साथै, कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि सभामा पेश गर्ने जनाएको छ।

Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech