बैंकिङ
पुसमा बैंकहरूको ब्याजदर थप घट्यो, कुनको कति ?(सूचीसहित)
December 15th 2025
0
0 shares
नेपाली शेयर न्यूज । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंक तथा वित्तीय संस्थाहरूले पुस महिनाका लागि लागू हुने ब्याजदर थप घटाएका छन्। उच्च तरलता, कमजोर कर्जा प्रवाह र नीतिगत दर घटाइएसँगै बैंकहरूलाई ब्याजदर घटाउन थप दबाब परेको हो।
राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरेको थियो। यसपछि बैंकहरूले सार्वजनिक गरेका पुस महिनाका ब्याजदर मंसिरको तुलनामा घटेका छन्।
२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको विवरणअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा दिने अधिकतम ब्याजदर औसतमा मंसिरको तुलनामा पुसमा ०.२० प्रतिशत विन्दुले घटेको छ। मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ५.०४०५ प्रतिशत रहेकामा पुसमा घटेर ४.८३४ प्रतिशतमा झरेको हो।
व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटेसँगै बचत तथा संस्थागत मुद्दती निक्षेपको ब्याजदर पनि घट्ने देखिन्छ। निक्षेपको ब्याजदर घट्दा आधार दर घट्ने र त्यसको प्रभाव कर्जाको ब्याजदरमा समेत पर्ने बैंकिङ क्षेत्रको विश्लेषण छ।
पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६ प्रतिशतभन्दा तल झरेको छ। मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत ब्याजदर दिएको ग्लोबल आईएमई बैंकले पुसमा अधिकतम ५.५ प्रतिशत मात्रै ब्याजदर कायम गरेको छ।
मंसिरको तुलनामा पुसमा १३ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ वटा बैंकले ब्याजदर स्थिर राखेका छन्। ब्याजदर घटाउने बैंकहरूमा कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, सानिमा बैंक र एसबीआई बैंक रहेका छन्।
त्यस्तै, माछापुच्छ्रे बैंक, एनआईसी एसिया बैंक, सिद्धार्थ बैंक, हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी बैंक र सिटिजन्स बैंकले पुसमा मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन्।
बैंकहरूले छोटो अवधिका मुद्दती निक्षेपमा न्यून र लामो अवधिका मुद्दती निक्षेपमा तुलनात्मक रूपमा केही बढी ब्याजदर दिँदै आएका छन्। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम पर्याप्त रहेको तर कर्जा प्रवाह अपेक्षाअनुसार नबढेकाले ब्याजदर निरन्तर घट्दो क्रममा रहेको देखिन्छ।
व्यक्तिगत मुद्दतिमा दिने अधिकतम ब्याजदर
| बैंक | मंसिरको ब्याजदर | पुसको ब्याजदर |
| कृषि विकास | ४.९५ | ४.५५ |
| एभरेस्ट | ५ | ४.७५ |
| नेपाल | ५.२५ | ५.१ |
| लक्ष्मी सनराइज | ५ | ४.७५ |
| माछापुच्छ्रे | ५ | ५ |
| एनआईसी एसिया | ५ | ५ |
| प्रभु | ४.९५ | ४.५५ |
| स्टान्डर्ड चार्टड | ४.७ | ४.६ |
| राष्ट्रिय वाणिज्य | ५.५ | ५ |
| नबिल | ४.७५ | ४.५५ |
| ग्लोबल आईएमई | ६ | ५.५ |
| सिद्धार्थ | ५ | ५ |
| प्राइम कमर्सियल | ४.७५ | ४.२५ |
| कुमारी | ४.९१ | ४.५३ |
| सानिमा | ५ | ४.७५ |
| हिमालयन | ५.५ | ५.५ |
| नेपाल एसबीआई | ४.८ | ४.५५ |
| इन्भेस्टमेन्ट मेगा | ५ | ५ |
| एनएमबी | ५ | ५ |
| सिटिजन्स | ४.७५ | ४.७५ |
Leave a Reply
Related News

हिमालयन बैंकको ७३ हजार कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा

एनआईसी एशिया बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा: कसरी दिने आवेदन?

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा
एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा
कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

१२ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने
नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, प्रतिकित्ता १०० रुपैयाँमै किन्न पाउने

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










