बैंकिङ
बैंकहरुमा शेयर लोनको माग उच्च
December 17th 2025
0
0 shares
नेपाली शेयर न्यूज । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिना कात्तिकसम्म बैंकहरूबाट प्रवाह हुने शेयर धितो कर्जाको माग उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा बैंकहरूबाट जाने शेयर धितो कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.६८ प्रतिशतले वृद्धि भएको हो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंकहरूबाट १ खर्ब ४६ अर्ब २२ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर धितो कर्जा प्रवाह भएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को कात्तिकसम्म यस्तो कर्जा १ खर्ब ७ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको थियो।
कर्जाको रकमका आधारमा हेर्दा १ करोड रुपैयाँभन्दा माथिको शेयर धितो कर्जाको माग सबैभन्दा बढी देखिएको छ। चालु आर्थिक वर्षको कात्तिकसम्म यो रेन्जमा बैंकहरूबाट १ खर्ब ३ अर्ब ३ करोड ५८ लाख रुपैयाँ कर्जा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा भने यो रकम ७१ अर्ब ३ करोड २५ लाख रुपैयाँ रहेको थियो। यसअनुसार यो रेन्जको कर्जा माग ४५.०५ प्रतिशतले बढेको छ।
त्यस्तै, ५० लाख रुपैयाँभन्दा माथि १ करोड रुपैयाँसम्मको शेयर धितो कर्जा चालु वर्षको कात्तिकसम्म १६ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम १३ अर्ब ७८ करोड ८ लाख रुपैयाँ थियो।
यसैगरी, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १७ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको कर्जा ८ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कात्तिकसम्म यी रेन्जका कर्जा क्रमशः १५ अर्ब ४२ करोड १६ लाख रुपैयाँ र ७ अर्ब ५३ करोड ३० लाख रुपैयाँ रहेका थिए।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा २०.९४ प्रतिशत, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा १६.५२ प्रतिशत र २५ लाख रुपैयाँसम्मको कर्जा १३.५४ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
Leave a Reply
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

सुपर खुदी हाइड्रोको आईपीओ नतिजा आज सार्वजनिक हुँदै

शिखर पावरको आईपीओमा आजबाट आवेदन खुला

दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि सेबोनमा दियो आवेदन

युनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर।

एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन

रिज लाइन इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न; १ लाख १८ हजार बढीले पाए सेयर
Popular News
- सुपर खुदी हाइड्रोको आईपीओ नतिजा आज सार्वजनिक हुँदै
- शिखर पावरको आईपीओमा आजबाट आवेदन खुला
- दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि सेबोनमा दियो आवेदन
- युनाइटेड अजोड इन्स्योरेन्सको १०% हकप्रद सुरक्षित गर्ने आज अन्तिम अवसर।
- एपोलो हाइड्रोपावरको आईपीओ भर्ने आज अन्तिम दिन
- रिज लाइन इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न; १ लाख १८ हजार बढीले पाए सेयर
- महुली लघुवित्तको संस्थापक सेयर बिक्री खुल्ला
- सानिमा रिलायन्स लाइफको संस्थापक सेयर बिक्री खुला


















