Nepse
शेयर बजार
९ कम्पनीको लाभांश घोषणा, कुनको कति ?
December 21st 2025
0
0 shares
नेपाली शेयर न्यूज । आइतबार ९ वटा सूचीकृत कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेका छन्। रुरु जलविद्युत परियोजना, सूर्यज्योति लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, मिथिला लघुवित्त, महुली लघुवित्त, स्वरोजगार लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, कालिका लघुवित्त र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश प्रस्ताव गरेका हुन्।
रुरु जलविद्युत परियोजना लिमिटेड
कम्पनीले हाल कायम चुक्तापुँजीको १५.७९ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १० प्रतिशत बोनस सेयर र ५.७९ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। लाभांश पारित गर्न कम्पनीले पुस २५ गते २०औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा काठमाडौंको चाबहिलस्थित स्मार्ट प्यालेस एन्ड इभेन्टमा बिहान ११ बजे सुरु हुनेछ। लाभांश र सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ९ गतेसम्म कायम सेयरधनी मात्र लाभांश पाउन योग्य हुनेछन्।
सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
कम्पनीले सेयरधनीलाई १३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७ रुपैयाँको आधारमा कुल ६५ करोड १५ लाख ५३ हजार २१३ रुपैयाँ नगद लाभांश (करसहित) प्रस्ताव गरिएको छ। लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी
कम्पनीले १२ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। हाल कायम चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँको आधारमा करिब ६२ करोड ३५ लाख रुपैयाँ नगद लाभांश वितरण गरिने प्रस्ताव गरिएको छ। प्रस्ताव नियामक स्वीकृति र साधारणसभाबाट अनुमोदनपछि लागू हुनेछ।
मिथिला लघुवित्त वित्तीय संस्था
संस्थाले कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ।
महुली लघुवित्त वित्तीय संस्था
महुली लघुवित्तले ५ प्रतिशत लाभांश घोषणा गरेको छ। यसमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ। प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था
संस्थाले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। लाभांश राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट अनुमोदनपछि वितरण हुनेछ।
कालिका लघुवित्त वित्तीय संस्था
कालिका लघुवित्तले कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ। यसमा १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) समावेश छ। लाभांश राष्ट्र बैंकको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड
कम्पनीले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था
कम्पनीले कुल ५ प्रतिशत लाभांश घोषणा गरेको छ। यसमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ। प्रस्ताव नियामक स्वीकृति र साधारणसभाबाट पारित भएपछि लागू हुनेछ।
Leave a Reply
Related News

७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?
नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालको राजीनामा
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










