Nepse
Sub Index
शेयर बजार
अब सरकारी ऋणपत्र पनि दोस्रो बजारमा कारोबार खुला गर्ने तयारी
November 28th 2025
0
1 shares

नेपाली शेयर न्यूज । आन्तरिक ऋण व्यवस्थापनको औजार, सरकारी ऋणपत्रलाई पनि पनि शेयरजस्तै दोस्रो बजारमा कारोबार खुला गर्ने सरकारको तयारी रहेको छ । यसका लागि अर्थ मन्त्रालयले गत असोज २०८१ मै आन्तरिक ऋण (निष्काशन तथा व्यवस्थापन), कार्यविधि, २०८१ जारी गरिसकेको छ ।
सरकारी ऋणपत्रहरू ट्रेजरी बिल, नागरिक बचतपत्र, विकास ऋणपत्र र वैदेशिक रोजगार बचतपत्रलाई पुँजी बजारका अन्य कम्पनीको शेयरजस्तै नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से)मार्फत दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाएको छ ।
प्रारम्भिक चरणमा नेपाल सरकारबाट जारी गरिने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्रको प्राथमिक निष्कासन तथा दोस्रो बजारको कारोबारका लागि सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बजार निर्माताको खोजी गरेको छ ।
११ फागुन २०८२ मा एक सूचना जारी गर्दै कार्यालयले १५ दिनको म्याद राखेर बजार निर्मातालाई दरखास्त आह्वान गरेको छ । आन्तरिक ऋण निष्कसन कार्यविधि, २०८१ अनुसार बजार निर्माताको रुपमा कार्य गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।
वित्तीय कारोबार गर्न प्राप्त इजाजतपत्रको प्रतिलिपि वा कागजातको प्रतिलिपिसहित स्थायी लेखा नं. (प्यान)को प्रतिलिपि र कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि अनिवार्य रहेको कार्यालयले जनाएको छ ।
Leave a Reply
Related News

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?

मिथिला लघुवित्त (MLBBL) को १५% लाभांश घोषणा: साधारण सभा र बुक क्लोज कहिले?
नागरिक लगानी कोषको लाभांश घोषणा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १८औँ वार्षिक साधारणसभा पुस ३० गते

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

शुभम पावरले बोलायो साधारणसभा

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










