बैंकिङ

राष्ट्र बैंकका अव्यवहारिक निर्देशनका कारण निष्कृय कर्जा बढ्योः ज्ञानेन्द्र ढुंगाना

December 13th 2025

0

0 shares

banner


नेपाली शेयर न्यूज । पूर्वबैंकर ज्ञानेन्द्र ढुंगानाले राष्ट्र बैंकका निर्देशनहरु अव्यवहारिक हुँदा निष्कृय कर्जा बढेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ढुंगानाले कर्जा रिकभरि गर्न ऋणीलाई चिठी काट्ने गरिएको बताए । उनले भने, ‘नतिरे ३५ दिने कालोसूचिको सूचना निकाल्ने र लिलाम गर्ने गरिएको छ । तर त्यो लिलामी गर्न पनि सकस पर्ने गरेको छ ।’


पूर्वबैंकर्स ढुंगानाले थपे,‘राष्ट्र बैंकका निर्देशनहरु केही अव्यवहारिक भएका कारण हाम्रो आहिलेको एनपीए बढेजस्तो मलाइ लाग्छ । हामीले नेपाल बैर्कस संघबाट पनि धेरै अनुरोध गरेका हौं । ९० दिन पुग्दा बित्तिकै २५ प्रतिशत राख्नुपर्ने, हामीसँग केही बाध्यता हुँदैन । ऋणीले साबा ब्याज नतिर्दा अहिले हामीले गर्ने भनेको चिठी काट्ने हो, तिरेन भने ३५ दिने सूचना निकाल्ने हो, फेरि नतिरे अर्को १५ दिन निकाल्ने हो । लिलाम गर्ने हो तर लिनसक्ने होइन । सक्ने भए एनवीए लिने हो बिक्री हुँदैन । नसक्ने भए मुद्दा लड्ने हो । हामीले यतिमात्रै रिकभरि बुझेका छौं । अब विजनेश बुझेर अघि बढ्न जरुरी छ ।’

उनले विजनेस बुझेर अघि बढ्न जरुरी रहेको बताए ।


उनका अनुसार किन विजनेश फेल भयो, त्यसतर्फ पनि ख्याल गरिनुपर्छ । बैंकको सानो सहयोगले प्रवाह गरिएको ऋणीको बिजनेस चलायमान हुन्छ भने त्यस्तोमा सपोर्ट गर्नुपर्छ । नेपाल राष्ट्र बैंकले यदी चलिरहेको बिजनेस छ भने डिफल्ड भयो भने फेरि चलायमान हुनसक्छ भने छोटो समयका लागि कर्जा दिनसक्ने व्यवस्था गर्नुपर्ने ढुंगानाले बताए ।


ढुंगानाका अनुसार भूकम्प, कोभिडको बेला सबै ऋणीलाई १०÷२० प्रतिशत कर्जा दिन राष्ट्र बैंकले भनेको थियो । त्यतिबेला एनपीए भएपनि थपिएर दिइएको थियो । त्यसैकरण एनपीए घटेको थियो । राष्ट्र बैंकले कर्जा दिन भन्दा निष्कृय कर्जा नहुने बैंक आफैँले दिदाँ एनपीए हुने त्यस्तो हुनुहुँदैन । एनपीएको परिभाषा र प्रोभिजनको व्यवस्थामा सुधार गरिनुपर्ने उनले बताए ।


सुधार नगरिए आजको अर्थतन्त्रको स्थीति हेर्दा खराब कर्जा बढेर जाने प्रशस्त सम्भावना रहेको उनको बुझाइ रहेको छ । उनका अनुसार भुकम्पमा दिएका ऋणहरु अझै ऋणीले तिरेका छैनन्, कोभिडमा दिएका कर्जाहरु पनि बैंकहरुले उठाउन सकेको अवस्था छैन । ढुंगानाका अनुसार मुलुकमा राजनीतिक अस्थीरता रहँदा सम्म लगानीगर्न लगानीकर्ताहरु हिच्किचाउँछन् । अहिले लगानीकर्ताको मनोबल कमजोर भएको छ । यसलाई उठाउन जरुरी छ । छिट्टै चुनाव भएर मुलुकमा स्थायित्व हुन जरुरी रहेको समेत उनले बताए ।


Leave a Reply

Related News

हिमालयन बैंकको ७३ हजार कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा

हिमालयन बैंकको ७३ हजार कित्ताभन्दा बढी संस्थापक शेयर बिक्रीमा

एनआईसी एशिया बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा: कसरी दिने आवेदन?

एनआईसी एशिया बैंकको २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा: कसरी दिने आवेदन?

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनएमबि बैंक र साना किसानको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

देशभर एटीएम बुथमा वाणिज्य बैंकको प्रभुत्व, ९३ प्रतिशत हिस्सा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

एनआईसी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

कृषिमा बैंकिङ लगानी अपेक्षित उपलब्धि ल्याउन नसकेको गभर्नर पौडेलको टिप्पणी

१२ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

१२ वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनको कति ?

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

१०० दरको नयाँ नोट चलनचल्तीमा, दृष्टिविहीनले छामेरै थाहा पाउने

नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, प्रतिकित्ता १०० रुपैयाँमै किन्न पाउने

नारायणी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा, प्रतिकित्ता १०० रुपैयाँमै किन्न पाउने

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

बैंकहरुको पूँजीकोष बढाउनुपर्ने समयसीमा तोकियो : प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट प्रकृया सुरु

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech