लगानी अवसर
शेयर बजार
बैंकहरुमा अधिक तरलता : शेयर बजारमा लगानीको अवसर
December 21st 2025
0
0 shares

नेपाली शेयर न्यूज । बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणबाट संकलित निक्षेपको आकार हाल पौने ७६ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, १२ डिसेम्बरमा ७५ खर्ब ७० अर्ब रुपैयाँ रहेको निक्षेप १६ डिसेम्बरसम्ममा थप ५ अर्ब रुपैयाँले वृद्धि भएको हो।
निरन्तर बढ्दो निक्षेपले राष्ट्र बैंकको तरलता व्यवस्थापनमा चुनौती थपेको छ । यही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ५६ खर्ब ७५ अर्ब रुपैयाँ मात्र कर्जा लगानी गरेका छन्। समीक्षा अनुसार, बैंकहरूले औसत ७४.०७ प्रतिशत मात्र कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) कायम गरेका छन्, जसको अर्थ १२ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य तरलता बैंकहरूमा उपलब्ध छ। कर्जा लगानीको दबाब बढ्दै गएपछि राष्ट्र बैंकले बोलकबोलमार्फत निरन्तर तरलता प्रशोचन गर्दै आएको छ।
शेयर बजारमा लगानीको अवसर
जब बैंकमा तरलता अधिक हुन्छ, बैंकहरूले अतिरिक्त रकम कर्जा वा लगानीको रूपमा बजारमा प्रवाह गराउँछन् । यसले बजारमा लगानीको माग बढाउने र शेयर बजारमा सेयर मूल्यलाई स्थिर राख्न मद्दत गर्छ । यस अवस्थामा, लगानीकर्ताहरूले नयाँ शेयरमा प्रवेश गर्न सजिलो अवसर पाउँछन् । बैंकमा पर्याप्त तरलता हुँदा कर्जा लगानी र वित्तीय उत्पादमा पहुँच सजिलो हुन्छ । यसले मात्र शेयर बजारमा मात्रै नभई समग्र आर्थिक गतिविधिमा पनि सकारात्मक प्रभाव पार्छ । त्यसैले, लगानीकर्ताले यो समयमा शेयर बजारमा प्रवेश गरेर दिगो लाभको अवसर पाउन सक्छन्। तर, बजार अध्ययन र जोखिम मूल्याङ्कन गर्नु आवश्यक हुनेछ ।
शेयर लोनको माग उच्च
चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो ४ महिना कात्तिकसम्म बैंकहरुबाट प्रवाह हुने शेयर धितो कर्जा साढे ३५ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको कात्तिकसम्म बैंकहरुबाट १ खर्ब ४६ अर्ब २२ करोड ४८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को कात्तिकसम्म बैंकहरुबाट १ खर्ब ७ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ कर्जा गएको थियो। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट शेयर धितो कर्जा ३५.६८ प्रतिशतले बढेको छ।
चालु आर्थिक वर्षको कात्तिकसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ३ अर्ब ३ करोड ५८ लाख रुपैयाँ शेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष कात्तिकसम्म यो रेन्जको कर्जा ७१ अर्ब ३ करोड २५ लाख रुपैयाँ गएको थियो। यो रेन्जको कर्जाको माग ४५.०५ प्रतिशतले बढेको छ।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १७ अर्ब ९६ करोड ९४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ५५ करोड ३० लाख रुपैयाँ गएको छ। अघिल्लो वर्ष कात्तिकसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १३ अर्ब ७८ करोड ८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५ अर्ब ४२ करोड १६ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ७ अर्ब ५३ करोड ३० लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २०.९४ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६.५२ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने १३.५४ प्रतिशतले बढेको छ ।
Leave a Reply
Related News

७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?
नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालको राजीनामा
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










