साधारणसभा

शेयर बजार

नबिल बैंकले बोलायो साधारणसभाः मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा

December 22nd 2025

0

0 shares

banner

नेपाली शेयर न्यूज । नबिल बैंक लिमिटेडले मर्जर र लाभांश प्रस्तावसहित साधारणसभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले पुस २८ गते सोमबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिर्सस क्लबमा बिहान ११ः१५ बजे ४१औं वार्षिक साधारणसभा बोलाएको हो ।


सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूसँग मर्जरमा जान वा वैदेशिक रणनीतिक साझेदारीमा जान आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।


साथै गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।


१ जना संस्थापक शेयरधनीको निर्वाचन गर्ने, गत आवमा संस्थागत सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने र नियमनकारी निकायबाट कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।


साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा पुस १४ गतेसम्म नेप्सेमा कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech