लगानी अवसर

शेयर बजार

पाल्पा सिमेन्ट इन्डस्ट्रिजको आईपीओ: स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कहिलेदेखि ?

January 1st 2026

0

0 shares

banner

नेपाली शेयर न्यूज ।पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले प्रोजेक्ट प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक शेयर (IPO) निष्कासन गर्ने घोषणा गर्दै अफर लेटर सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणका लागि जारी गर्न लागेको हो।

स्थानीयका लागि आईपीओ:

पश्चिम नवलपरासीका प्रोजेक्ट प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन २५ पौष २०८२ देखि सुरु भई ९ माघ २०८२ सम्म खुला रहनेछ। यदि तोकिएको समयमा शेयर पूर्ण रूपमा बिक्री नभएमा आवेदन दिने म्याद २५ माघसम्म थप गर्न सकिने कम्पनीले जनाएको छ। स्थानीयका लागि ५ प्रतिशत शेयर, अर्थात् १८ लाख ७५ हजार कित्ता (रु. १८.७५ करोड बराबर) छुट्याइएको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि:

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि भने यो आईपीओ २५ पौष २०८२ देखि ३० पौष २०८२ सम्म खुला रहनेछ। यस समूहका लागि आवेदन दिन पाउने समय ९ माघसम्म थप हुन सक्नेछ। सर्वसाधारणका लागि निष्कासन गरिने १५ प्रतिशत शेयरमध्ये १० प्रतिशत, अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर यस समूहका लागि छुट्याइएको छ।

आवेदन विवरण र रेटिङ:

दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासनका लागि नवील इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिएको छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋणको रेटिङ LBB र अल्पकालीन ऋणको रेटिङ A4 कायम गरेको छ।

पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेड २००९ मा स्थापना भएको ग्रीनफिल्ड सिमेन्ट उत्पादन गर्ने कम्पनी हो, जसले २०१९ देखि क्लिङ्कर र २०२० देखि सिमेन्ट उत्पादन गर्दै आएको छ। नवलपरासीको सुनवलमा रहेको यो कारखानाको वार्षिक उत्पादन क्षमता ०.५९ मिलियन मेट्रिक टन क्लिङ्कर र ०.७३ मिलियन मेट्रिक टन सिमेन्ट रहेको छ।


Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech