लगानी अवसर
शेयर बजार
सालपा विकास बैंकको आईपीओ पुस १६ देखि खुल्दै
December 21st 2025
0
0 shares

नेपाली शेयर न्यूज । सालपा विकास बैंक लिमिटेडले पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि अब दोस्रो चरणमा सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेको हो।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबर हुने १७ करोड २३ लाख ८८ हजार रुपैयाँ मूल्यको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो।
सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ। साथै, बैंकले ८६ हजार १९४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि पनि बाँडफाँट गरिसकेको छ।
अब दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता शेयर कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको प्रति शेयर १०० रुपैयाँ अंकित मूल्यका १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गर्न लागेको हो।
उक्त आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सकिनेछ। तोकिएको अवधिमा पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि पुस ३० गतेसम्म लम्बिने बैंकले जनाएको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई आईआरएन सिंगल बी (IRN Single B) इस्यूअर रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
Leave a Reply
Related News

७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?
नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालको राजीनामा
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










