Nepse
शेयर बजार
शेयर बजारमा के–के भयो यो साता ? साताभरीका चर्चित घटनाहरु
December 20th 2025
0
0 shares

नेपाली शेयर न्यूज । विशेषगरी शेयर बजारमा यो साता विभिन्न गतिविधिहरु भएका छन् । शेयर कारोबारमा उतार चढावदेखि आइपिओ निष्काशन, बाँडफाँड, नयाँ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति र विभिन्न कम्पनीहरुले लाभांश घोषणा समेत गरेको छन् । जसलाई आजको नेपाली शेयर न्यूजमा संक्षेपमा समेटेर प्रस्तुत गरिएको छ ।
नेप्से परिसूचक के भयो ?
यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ५० दशमलव २२ बिन्दुुमा कायम भएको छ ।
सातामा तीन सय ३२ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार दुई लाख ९४ हजार २४ पटकको कारोबारमा चार करोड ६७ लाख २३ हजार छ सय ६३ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १९ अर्ब ३७ करोड ५१ लाख ३४ हजार छ सय ५४ रुपैयाँ पुगेको छ ।
यो कारोबार रकम गत साताको तुलनामा झण्डै एक अर्ब रुपैयाँले कम हो । गत साता तीन सय ३१ वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसअनुुसार तीन लाख ९६ हजार सात सय ९२ पटकको कारोबारमा चार करोड ६० लाख २३ हजार छ सय ४८ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २० अर्ब ९९ करोड ५७ लाख ४३ हजार नौं सय ९९ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष सातामा पाँच कार्य दिन नै खुलेको थियो । जसमध्ये पहिलो र पाँचौं दिन ओरालो लागेको नेप्से बाँकी तीन कार्यदिन उकालो लागेको थियो ।
सेयर खरिदबिक्रीमा राष्ट्र बैंकको कडाइ
नेपाल राष्ट्र बैंकले संस्थापक सेयर खरिदबिक्रीसम्बन्धी व्यवस्थामा कडाइ गरेको छ । केन्द्रीय बैंकले यसै साता एकीकृत निर्देशन संशोधन तथा परिमार्जन गर्दै संस्थापक सेयर बिक्रीमा लागू हुँदै आएको २ प्रतिशतसम्मको ‘छुट’ हटाई अब अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था लागू गरेको हो । यसअघि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजीको २ प्रतिशत वा सोभन्दा कम सेयरधारण गरेका संस्थापक सेयरधनीले आफ्नो सेयर विद्यमान संस्थापक वा अन्य व्यक्ति/संस्थालाई बिक्री गर्दा नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था थियो। उक्त प्रावधानले साना संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा सहजता प्रदान गर्दै आएको थियो।
यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरणमा कडाइ गरेको छ । केन्द्रीय बैंकले एकीकृत निर्देशन संशोधन गर्दै आर्थिक वर्ष समाप्त भएपछि असुल भएको ब्याजलाई अघिल्लो वर्षको आम्दानी देखाएर लाभांश वितरण गर्न नपाइने व्यवस्था लागू गरेको हो। यस्तै नेपाल राष्ट्र बैंकले तोकिएको भन्दा बढी सेयरधारण गर्ने लगानीकर्तालाई सिमा कायम गर्न समय दिएको छ । बैंक तथा वित्तीय संस्थामा तोकिएको सिमाभन्दा बढी लगानी गर्ने सेयरधनीले २०८७ असारमसान्तसम्म भित्र लगानी कायम गर्नुपर्ने भएको हो ।
रिलायन्सविरुद्धको रिट खारेज
रिलायन्स स्पिनिङ मिल्सले निष्कासन गरेको आईपीओविरुद्धको रिट सर्वोच्च अदालतले यसैसाता खारेज गरेको छ । कम्पनीको जारी आईपीओ प्रक्रिया बदर गर्न माग गर्दै खगेन्द्रराज कँडेलले २२ मंसिरमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
न्यायधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलाशले शुक्रबार अन्तरिम आदेश जारी गर्दै उक्त रिटमा मागबमोजिम नहुने फैसला गरिदिएका हुन् । यसैबीच रिलायन्स स्पिनिङ्ग मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आइपीओको यसै साता बाँडफाँट गरेको छ ।
शेयर लगानीकर्ता पक्राउ
धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत कसूर गरेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा अग्रवाललाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई नियन्त्रणमा लिइएको हो । सेबोनको प्रतिवेदन अनुसार प्रतिवादी अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद–विक्रीका क्रममा भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरेका थिए ।
विश्व लगानीकर्ता सप्ताह सुरु
अन्तर्राष्ट्रिय धितोपत्र नियामक संगठन (आईओएससीओ) को पहलमा मनाइँदै आएको विश्व लगानीकर्ता सप्ताह नेपालमा पनि यसै साताबाट सुरु भएको छ । सप्ताहका अवसरमा नेपाल धितोपत्र बोर्डले विभिन्न कार्यक्रम गरेको छ ।
लाभांश घोषणा
माउन्टेन इनर्जी नेपाल लिमिटेडले आफ्नो १२औँ वार्षिक साधारण सभामार्फत हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांशसहित कुल २१.०५२६ प्रतिशत लाभांश शेयरधनीहरूलाई वितरण गर्ने निर्णय गरेको छ।
यस्तै कृषि विकास बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभाले १३ प्रतिशत लाभांश पारित गरेको छ । आइसिएफसि फाइनान्स लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई चुक्ता पुँजीको १५.७८९५५ प्रतिशत दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट २५ प्रतिशत लाभांश घोषणा गरेको छ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १०.१७८० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
शिखर इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनश शेयर वितरण गर्ने घोषणा गरेको छ । नेशनल लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशतका दरले नगद लाभांश र ४ प्रतिशतले दरले नगर लाभांश वितरण गर्ने घोषणा गरेको छ । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ का लागि शेयरधनीलाई ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसैबीच यसै साता नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा एकैदिन प्रभु इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।
आइपिओ
भुजुङ हाइड्रोपावर लिमिटेडले पुस ३ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि प्राथमिक शेयर (आइपीओ) निष्कासन गरेको छ । सालपा विकास बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको छ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ बाँडफाँट गरेको छ । यस्तै ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूलाई अनलाइनबाटै शेयर धितो कर्जा उपलब्ध गराउने सेवा सुचारु गरेको छ ।
Leave a Reply
Related News

७५ करोडको आईपीओ ल्याउँदै पाल्पा सिमेण्ट स्थगि

आज रिज लाइन इनर्जीको आईपीओ निष्कासन: स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई पहिलो अवसर

कसले कति पाउने?: "सुपर खुदी हाइड्रोपावरको आईपीओ: कुन वडाका बासिन्दाले कति कित्ता आवेदन दिन पाउँछन्?
नागरिक लगानी कोषको लाभांश घोषणा

नेप्से परिसूचक घट्यो, कारोबार रकम बढ्यो

एक महिनामै ६ कम्पनीले पाए आइपिओ निष्काशनको अनुमति
रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

नेपाल स्टक एक्स्चेन्जको पुनर्संरचना गर्दै सरकार

माबिलुङ्ग इनर्जीको शेयरमा सकारात्मक सर्किट

नेप्सेका कामु नायब प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालको राजीनामा
Popular News

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
Email Us: [email protected]
Contact: 9803674997
Top News

१८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित

नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड

नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित

अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
Popular News
- १८ औँ साधारणसभा सम्पन्न: प्राइम बैंकका सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर पारित
- नागरिक लगानी कोष (CIT) को ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश पारित
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं साधारण सभा: नाफा ४ अर्ब ३३ करोड
- नेपाल टेलिकमको १८औँ साधारणसभाबाट लाभांश स्वीकृत, एनएमबी बैंकमार्फत भुक्तानी
- लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न: वार्षिक प्रतिवेदन पारित
- अरुण भ्याली हाइड्रोपावरको २८ औं साधारणसभा सम्पन्न: ५% बोनस सेयर पारित
- बैंकहरूमा पैसा थुप्रिएपछि माघमा पनि घट्यो ब्याजदर
- २२ कम्पनीको साधारणसभा आज: लाभांश पारित गर्ने मुख्य एजेन्डा










