साधारणसभा

HydroPower

Sub Index

शेयर बजार

सिंगटी हाईड्रोपावरले डाक्यो एजीएम, बुक क्लोज समेत तय

December 14th 2025

0

0 shares

banner


नेपाली शेयर न्यूज । सिंगटी हाईड्रोपावर लिमिटेडले लाभांश पारितको विशेष प्रस्तावसहित १६औँ वार्षिक साधारण सभा डाकेको छ। मंसिर २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

सभा आगामी पुस २१ गते काठमाडौँको धुम्बाराहीस्थित धुम्रबराह भेन्यूमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ।


यसका अतिरिक्त, गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्ने कार्यसूची रहेको छ। चालु आवका लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, साथै अन्य आयोजनाको अध्ययन गरी लगानी गर्ने र लगानी गरिने आयोजनाहरुमा कर्पोरेट बैंक ग्यारेन्टि दिने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।


साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरु मात्रै साधारण सभामा सहभागी हुन तथा लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

Leave a Reply

Popular News

logo

The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech